२०८२, १७ चैत्र बुधबार

नगरपालिकाले नै पाँचखालका कारोना संक्रमितलाई रिपोर्ट नेगेटिभ भन्दै पठाएको थियो घर

नगरपालिकाले नै पाँचखालका कारोना संक्रमितलाई रिपोर्ट नेगेटिभ भन्दै पठाएको थियो घर

संक्रमितका दुई छोरा र श्रीमती क्वारेन्टाइनमा


धुलिखेल, २३ जेठः भारतबाट आएका पाँचखालका कोरोना संक्रमितलाई नगरपालिकाले नै रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएको पाइएको छ । ११ दिनसम्म क्वारेन्टाइनमा बसेका उनलाई रिपोर्ट नेगेटिभ रहेको भन्दै घर पाइएको हो । तर घर पुगेको १६ घण्टा बित्न नपाउँदै कोरोना संक्रमित रिपोर्ट आयो ।

ती संक्रमितको बुधबार स्वाब संकलन गरेर धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य संयोजक उज्जवल अधिकारीले जिल्ला स्वास्थ्य कार्यालयमा फोन गरे । काभ्रे अहिलेसम्म पनि संक्रमण मुक्त छ भन्ने खबर पाए । त्यसैको आधारमा उनले संक्रमितलाई घर पठाए । प्राथमिक स्वास्थ्य केन्द्रले उच्च ज्वरो भएको बिरामीलाई क्वारेन्टाइनमा राख्न पठाएपछि स्वास्थ्य संयोजक अधिकारीले जिल्लामा फोन गरेका थिए ।

संक्रमित सहित भारतबाटै आएका अन्य दुई जना पनि समाज कल्याण आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका छन । क्वारेन्टाइन र संक्रमितको घर बढीमा ६ सय मिटर टाढा छ । भारतमा हुदाँ देखिनै नगरपालिकाको सम्पर्कमा रहेका ३९ वर्षीय ती पुरुषलाई ११ दिन अघि राति १२ बजेतिर क्वारेटाइनमा राखिएको थियो ।

आफुमा कोरोना नरहेको भन्दै हासि खुशी घर पुगेका ती पुरुष १६ घण्टा बित्न नपाउँदै नगरपालिकाबाट फोन गएपछि हतार हतार चिकित्सकको सम्पर्कमा पुगे । उनी सहित काभ्रे जिल्लाका ५ जना संक्रमितलाई उपचारका लागि जिल्ला कमाण्ड पोष्टले भक्तपुर पठाएको छ ।

भारतबाट आएकालाई कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टानमा राख्नु पर्ने कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रे ले निर्णय गरिसकेको छ । तर रिपोर्ट नेगेटिभ आएको भन्दै स्वास्थ्य संयोजक अधिकारीले ११ औँ दिनमै ती पुरुषलाई घर पठाइ दिए । ती पुरुष घरमा पुगेपछि कोरोना देखियो ।

अहिले ती संक्रमित पुरुषका परिवारका दुई छोरा र श्रीमतीलाई क्वारेन्टाइनमा राखिएको छ । संक्रमित पुरुषका घर परिवारका सदस्यहरुको पनि स्वाब संकलन गरेर पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिने स्वास्थ्य संयोजक अधिकारीले बताए ।

घर पुगिसकेका ब्यक्तिमा कोरोना देखिएपछि स्थानीय भने निकै त्रसित बनेका छन् । नगरपालिकाले आधिकारी सूचनालाई विश्वास नगरि घर पठाउँदा गाउँमा त्रास छाएको स्थानीय रमेश गिरीले बताए । ‘एकदुई दिन क्वारेन्टाइनमा राखिदिएको भए केहि फरक पर्ने थिएन, उनले भने ‘तर अहिले सिँगो गाउँ नै त्रासमा छ, अब उनका परिवारको रिपोर्ट के आउने हो ?’

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ८ : ३६ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका