२०८२, १७ चैत्र बुधबार

काभ्रेका सबै काेराेना संक्रमितलाई भक्तपुर पठाइयो

काभ्रेका सबै काेराेना संक्रमितलाई भक्तपुर पठाइयो


धुलिखेल, २३ जेठः काभ्रेमा पहिलो देखि कोरोना संक्रमण पुष्टि भएका सबैलाई उपचारका लागि भक्तपुर पठाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमूख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाका अनुसार सबै संक्रमितलाई भक्तपुर पठाइएको हो ।

धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेको पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा रोशी गाउँपालिकाका २० बर्षीय महिला, २२ र २९ बर्षीय २ जना पुरुष छन् । त्यस्तै पाँचखाल नगरपालिकाका ३९ बर्षीय पुरुष र पनौती नगरपालिकाका पनि ३९ बर्षीय पुरुष रहेका छन् । क्वारेन्टाइनमा बसिरहेका उनीको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना देखिएको हो । रोशीका तिन जना नै भारतबाट आएका हुन् ।

उनीहरुको भक्तपुर स्थित काठमाण्डौ मेडिकल कलेज दुवाकोटको कोभिड अस्पतालमा उपचार हुनेछ । यस्तै बनेपामा रहेको शीर मेमोरियल अस्पतालको आइसोलेसनमा कोरोना आंशमा एक जना महिलालाई राखिएको डाक्टर झाले बताए ।

काभ्रेमा आज ९९ जना पुरुष र १३ जना महिला गरी १ सय १२ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ६ : २५ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका