२०८२, ८ चैत्र सोमबार

बाढीले पनौतीको कृषि क्षेत्रमा मात्रै करिब २० करोडको क्षति

बाढीले पनौतीको कृषि क्षेत्रमा मात्रै करिब २० करोडको क्षति

भौतिक क्षतिको लागत वितरण तयार गर्ने जिम्मा प्राविधिकलाई


धुलिखेल, २३ जेठः काभ्रेको पनौती नगरपालिकामा गत १४ गते अबिरल वर्षासँगै आएको बाढीले कृषि क्षेत्रमा मात्रै २० करोडको क्षति पुर्याएको पाइएको छ । बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको बिवरण संकलन गर्न गठित वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले नेतृत्व गरेको पाँच सदस्यीय समितिले २० करोडको क्षति भएको प्रतिवेदन नगरपालिकामा बुझाएको हो ।

तरकारी, धान खेती र मकै बालीमा धेरै बढी क्षती पुगेको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत एवंम सूचना अधिकारी इन्द्र प्रसाद अधिकारीले जानकारी दिए । करिब सात सय ओटा प्लास्टिकका टनेलहरुमा क्षती पुगेको प्रतिवेदनमा भेनिएको छ ।

त्यस्तै खोला छेउ छाउका खेतहरु बाढीसँग आएको पाँगो माटोले भरिएका छन् । पाखो बारीहरु बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले किसानलाई क्षतिपूर्ती दिनेबार छलफल थालिसकेको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए ।

यस्तै बाढीले भौतिक पुर्वाधार तर्फ पनौति क्षेत्रमा जोडिएका तिनओटा महत्वपुर्ण पक्की पुलहरु बगाएको छ । खोपासी बाट पस्थली जोड्ने पुल, वडा नम्बर ३ को पशुपति मन्दिरबाट बस्ति तर्फ जोडिएको पुल पनि संरक्षण गर्नु पर्ने अवस्थामा पुगोको छ ।

रोशीखोला र पुन्यमाता खोला तर्फ भएको बाँध बाढीले बगाएको छ । सिंचाईका बाँध कुलोहरुमा पनि क्षति पुगेको छ । भौतिक क्षतिको लागत वितरण तयार गर्ने जिम्मा प्राविधिकलाई दिइएको वडा नम्बर ९ का वडा अध्यक्ष एवंम भौतिक पुर्वाधार तर्फ बाढीले पुर्याएको क्षतिको बिवरण संकलन गर्न गठित समितिका संयोजक सहकुल कुमार हुमागाईले बताए ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ४ : १३ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको