२०८२, २४ जेष्ठ शनिबार

काभ्रेमा पनि देखियाे काेराेना : पाँच जनामा संक्रमण पुष्टि

काभ्रेमा पनि देखियाे काेराेना : पाँच जनामा संक्रमण पुष्टि

काभ्रेको रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।


काभ्रेका पहिलाे पटक कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा रहेको प्रयोग शालामा गरिएको पीसीआर परीक्षणमा पाँच जनामा कोरोना पुष्टि भएको हो ।

काभ्रेको रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । रोशीका तीनै जना संक्रमित क्वारेन्टाइनमा छन् । पाँचखालका स‌ंक्रमित भने शुक्रबार क्वारेन्टाइनबाट घर गएका थिए । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्ट काभ्रेका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले पाँच जना संक्रमित भएको पुष्टि गरे ।

रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले रोशीमा ३ जना कोरोना संक्रमित भारतबाट आएको पुष्टि गरेका छन् । उनीहरुलाई रोशी क्षेत्रमा प्रवेश हुनु पहिले नै गाडी मार्फत सुरक्षित ढंगले ल्याएर क्वारेन्टाइनमा राखिएको पालिका अध्यक्ष लामाले बताए । उनले क्वारेन्टाइनमै बसेका ब्यक्तिमा कोरोना देखिएको भन्दै त्रसित नभइ सुरक्षित हुन आग्रह गरेका छन् ।

रोशी गाउँपालिका वडा नम्बर ९ मा रहेको मंगल जनविजय माविको क्वारेन्टाईनमा बसेका ४ जना मध्ये ३ जनामा पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

पनौतीका संक्रमित व्यक्ति भने धुलिखेल अस्पतालमा पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रियाका लागि भर्ना भएका थिए । शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  १ : २२ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक