२०८३, २९ भाद्र मंगलबार

काभ्रेमा पनि देखियाे काेराेना : पाँच जनामा संक्रमण पुष्टि

काभ्रेमा पनि देखियाे काेराेना : पाँच जनामा संक्रमण पुष्टि

काभ्रेको रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।


काभ्रेका पहिलाे पटक कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा रहेको प्रयोग शालामा गरिएको पीसीआर परीक्षणमा पाँच जनामा कोरोना पुष्टि भएको हो ।

काभ्रेको रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । रोशीका तीनै जना संक्रमित क्वारेन्टाइनमा छन् । पाँचखालका स‌ंक्रमित भने शुक्रबार क्वारेन्टाइनबाट घर गएका थिए । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्ट काभ्रेका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले पाँच जना संक्रमित भएको पुष्टि गरे ।

रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले रोशीमा ३ जना कोरोना संक्रमित भारतबाट आएको पुष्टि गरेका छन् । उनीहरुलाई रोशी क्षेत्रमा प्रवेश हुनु पहिले नै गाडी मार्फत सुरक्षित ढंगले ल्याएर क्वारेन्टाइनमा राखिएको पालिका अध्यक्ष लामाले बताए । उनले क्वारेन्टाइनमै बसेका ब्यक्तिमा कोरोना देखिएको भन्दै त्रसित नभइ सुरक्षित हुन आग्रह गरेका छन् ।

रोशी गाउँपालिका वडा नम्बर ९ मा रहेको मंगल जनविजय माविको क्वारेन्टाईनमा बसेका ४ जना मध्ये ३ जनामा पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

पनौतीका संक्रमित व्यक्ति भने धुलिखेल अस्पतालमा पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रियाका लागि भर्ना भएका थिए । शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  १ : २२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक