२०८३, २९ भाद्र मंगलबार

विदेशबाट आउने काभ्रेलीलाई सेनाले गन्तब्यसम्म पुर्याउने

विदेशबाट आउने काभ्रेलीलाई सेनाले गन्तब्यसम्म पुर्याउने


धुलिखेल, २३ जेठः कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेले विदेशबाट फर्कने काभ्रेका नागरिकलाई आफ्नो गन्तब्यसम्म पुर्याउने जिम्मा नेपाली सेनालाई दिएको छ । सीसीएमसीको बैठकले धुलिखेलमा रहेको नेपाली सेनाको विष्णु दल गणलाई गन्तब्यसम्म पुर्याउने जिम्मा दिएको हो ।

आवश्यक सुचना आदान प्रदानगर्न र सहजिकरण गर्न गणका सेनानी प्रकाश कुमार उप्रतिलाई सम्पर्क ब्यक्ति तोकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सम्बन्धित पालिकासम्म पुर्याउने सबै काम सेनाले गर्ने छ ।

सीसीएमसीको बैठकले कृषि उत्पादन तथा उत्पादित समाग्री सहज रुपमा दुवानी गर्ने वातावरण मिलाउन सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । बैठकले विदेशबाट आउनेलाई स्वैच्छिक रुपमा होटलमा समेत क्वारेन्टाइनका रुपमा बस्ने दिने निर्णय गरेको छ । होटल ब्यवसायीसँग छलफल गरेर क्वारेन्टाइनको ब्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ८ : ५२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक