२०८२, १७ चैत्र बुधबार

नेपालमा कोरोनाबाट १० जनाको मृत्यु, संक्रमितको संख्या २,६३४ पुग्यो

नेपालमा कोरोनाबाट १० जनाको मृत्यु, संक्रमितको संख्या २,६३४ पुग्यो

आज ३३४ जना संक्रमित


काठमाडौं २२ जेठ : आज कोरोना भाइरसका कारण पाल्पाका एक जनाको मृत्यु भएको छ । जेठ २० गते उनको उपचारकै क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको थियो ।

पाल्पा पूर्वखोलाका ४५ वर्षका पुरुष पाँचदिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका थिए ।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । सोही अस्पतालमै उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियो । अहिले उनको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै ३३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ६३४ पुगेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ५ : ४९ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका