२०८३, १८ श्रावण मंगलबार

सिन्धुपाल्चोकमा प्रहरीकै अगाडी प्रधानाध्यापकलाइ उठबस

सिन्धुपाल्चोकमा प्रहरीकै अगाडी प्रधानाध्यापकलाइ उठबस

प्रधानाध्यापक श्रेष्ठलाई ५ पटकसम्म उठबस


धुलिखेल, २२ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा प्रहरीकै अगाडी विद्यालयका प्राधानध्यापकलाई उठबस गराइएको छ । निर्माधिन बुद्धोदय माध्यामिक विद्यालयमा कामदार लिएर गएको विषयलाई लिएर स्थानीय युवाहरुले सोहि विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर श्रेष्ठलाई प्रहरीकै अगाडी उठबस गराएका हुन् ।

हुलहुज्जत सहित मंगलबार साझँ वडा कार्यालय घेराउ गर्न युवा पुगेका थिए । वडाध्यक्ष नभएपछि भाेली पल्छ बिहान फेरी साेहि समूहले नेकपाका जिल्ला सदस्य र वडा इन्चार्ज सहितका जिम्मेवार पदाधिकारीकै उपस्थितिमा प्रधानाध्यापक श्रेष्ठलाई ५ पटकसम्म उठबस गर्न लगाइएको हो । प्रहरी चौकी पनि सोहि वडामै छ । तर प्रहरी मुकदर्शक बनेर हिरिरहे । प्रधानाध्यपकले पाँचपटक उठबस गरे । स्थिति भयबह बनेपछि प्रहरी चौकी मुडे र ठूलो पाखरबाट असइहरु पुगे । उनीहरुले पनि भिडलाई नियन्त्रण गर्न सकेनन् ।

हुलहुज्जत सहित वडामा पुगेका झण्डै २ सय ५० जनाकाे समूह प्रधानाध्यापक श्रेष्ठलाई राजिनामा समेत गराए । उपप्रमुख हेम गंगा मोक्तान र वडाध्यक्ष हस्त बहादुर मोक्तान पनिसँगै थिए । सकेसम्मको सम्झाए । उत्शृंखल भिडले उपप्रमुख, वडाध्यक्ष र प्रधानाध्यपकको कुरा नै सुनेन । उल्ठै उनीहरु माथि खनिए । अपशब्द बोले । भिड थप उत्तेजित भन्दै गएपछि सशस्त्र प्रहरीको थप सहयोग मागियो । सशस्त्र प्रहरी पुगुञ्जेल घटना लगभग अन्तिम अवस्थामा पुगिसकेको थियो । तर मुडे, ठूलोपाखर र लिसंखु चौकीले भने घटना मिलापत्रमा टुंगिएकाे जिल्लामा आफ्ना हाकिमलाइ रिपोटिङ गरे ।

नेकपाका जिल्ला सदस्य र वडा इन्चार्जले भिडलाई सम्झाउने कोशिस गरेका थिए । तर उनीहरु माथि पनि भिड जाइलागेको वडाध्यक्ष मोक्तानले बताए । ज्यानको सुरक्षा नभएको भन्दै वडाध्यक्षले आजदेखि काम गर्न छोडेका छन् । ‘काम गर्न सक्ने कुनै अवस्था छैन्, वडाध्यक्ष मोक्तानले भने ‘यसै गरी हुलहुज्जले सबै निर्णय गर्ने भए निर्वाचित जनप्रतिनिधि किन चाँहियो ?’ प्रधानाध्यापकले माफी मागेपछि उत्शृंखल युवाहरुले ठूलै युद्ध जितेर जसरी नारा जुसुल लगाए ।

एडिपीको सहयोगमा भुकम्पले भत्काएकाे निर्माणधिन बुद्धोदय माध्यामिक विद्यालय भवनमा पिटी ठेकेदार विवेक तामाङले काठमाण्डौबाट ६ जना मजदुर प्रधानाध्यापक श्रेष्ठलाई जिम्मा लगाएर पठाएका थिए । गाउँ गएका मजदुर यसअघि पनि सोहि विद्यालय भवनमा काम गर्ने मजदुर हुन् । लकडाउन लम्बिएपछि निर्माण सामग्री सकिएकाले मजदुरहरुले गाउँ छाडेका थिए । ‘त्यो बेला नै हामीले मजदुरहरुलाई गाउँ नछोड्नु भनेका थियौँ, वडाध्यक्ष मोक्तानले भने ‘तर उहाँहरु आत्तिनु भएर हो कि छाडेर जानुभयो, नयाँ मान्छे ल्याएको होइन पहिले नै काम गर्ने मजदुर हुन् ।’

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  १२ : ४८ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ