२०८३, २० आश्विन बुधबार

धुलिखेलमा खानेपानीको चरम समस्या

धुलिखेलमा खानेपानीको चरम समस्या

भिषण बर्षापछि धुलिखेलमा खानेपानी हाहकार


धुलिखेल, २२ जेठः बाढीले बगाएको पाइप अझै जडान नहुदाँ काभ्रेको सदरमुकाम धुलिखेलमा खानेपानीको चरम हाहारका मच्चिएको छ । जेठ १४ गते पनौती क्षेत्रमा भिषण बर्षापछि आएको बाढीले धुलिखेल आउने खानेपानीको पाइप बगाएको थियो ।

खानेपानीको पाइप राखिएको जमिन समेत बाढी बगाए थियो । धुलिखेल खानेपानी उपभोक्ता समितिले बाढीले बगाएको ठाउँमा मर्मत काम जारी रहेको बताएको छ । तर एक साता बितिसक्दा पनि मर्मतको काम नसकिएपछि धुलिखेलमा खानेपानीको चरम समस्या सिर्जना भएको हो ।

बाढीले पनौती स्थित बाँसडोल खोलामा धुलिखेल आउने खानेपानीको पाइप बगाएको थियो । पनौती नगरपालिकाको वडा नम्बर १२ कलाती भूमिडाँडाबाट ल्याएको पानीको पाइप बाढी बगाएको हो । एकसाता बितिसक्दा पनि नियमित पानी आउन छोडे पनि उपभोक्ताहरुलाई विभिन्न संघसंस्थाले पानी वितरण गर्न थालेका छन् ।

बाढीले गेटपोलमा समेत क्षति भएकाले तत्काल धुलिखेल स्थित मुख्य ट्याङकीमा खल्सान समस्या भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले बताए । गेटपोल नयाँ फेर्नका लागि प्राविधि टोली पठाइसके उनले बताए ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ८ : २४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको