२०८२, २५ भाद्र बुधबार

नेपालमा कोरोना भाइरस ४६ जिल्लामा फैलियो

नेपालमा कोरोना भाइरस ४६ जिल्लामा फैलियो


काठमाडौं, १३ जेठ नेपालमा कोरोना भाइरस ४६ जिल्लामा फैलिएको छ ।
मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ ।

नेपालमा थप ४३ जना कोरोना संक्रमणमुक्त हुँदै अस्पतालबाट घर फर्किएका छन् । वीरगन्जको नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १५५ पुगेको छ ।

प्रवक्ता देवकोटाको अनुसार संक्रमित सबै नारायण अस्पतालबाट निको भएर घर गएका हुन् । ७ देखि ५३ वर्ष उमेर समूहका उनीहरु ११ औंदेखि १६ औं दिनको अविधमा कोरोना जित्न सफल भएका हुन् । दुई महिलासहित ४१ जना पुरुष डिस्चार्ज भएका हुन् ।

प्रवक्ता देवकोटाको अनुसार प्रदेश विवरण अनुसार ६ वटा प्रदेशमा संक्रमितले कोरोना जितेका छन् । जसमध्ये प्रदेश १ मा २६, प्रदेश २ मा ७२ बागमती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १५५ जनाले कोरोना जितेका हुन् । १२४ पुरुष र ३१ जना महिला रहेका छन् ।

यस्तै पछिल्लो समयमा ९० जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ ।
यस्तै हालसम्म आरडीटीबाट ९७ हजार ९६७ र पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएका छन् । गत २४ घण्टामा आरडीटी विधिबाट ३ हजार ७८२ र पीसीआर विधिबाबाट २ हजार ७७५ नयाँ नमूना परीक्षण भएका छन् ।

सात वटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा ११ हजार ६६, प्रदेश २ मा ६ हजार ५६१ बागमती प्रदेशमा २४ हजार २१६, गण्डकी प्रदेशमा ७ हजार ७०१, प्रदेश ५ मा १६ हजार ८८०,कर्णाली प्रदेशमा १०हजार ६१८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९२५ गरी जम्मा ९७ हजार ९६७ नमूना आरडीटीबाट परीक्षण भएका छन् ।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या ५५ हजार २८२ पुगेको छ । आइसोलेसनमा ५८२ जना रहेका छन् । जसमध्ये प्रदेश १ मा ६०, प्रदेश २ मा १९१, बागमतीमा २६,गण्डकीमा ५, प्रदेश ५ मा २६३ कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना गरी जम्मा ५८२ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ९ : ०६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा