२०८३, १२ आश्विन मंगलबार

नेपालमा कोरोना भाइरस ४६ जिल्लामा फैलियो

नेपालमा कोरोना भाइरस ४६ जिल्लामा फैलियो


काठमाडौं, १३ जेठ नेपालमा कोरोना भाइरस ४६ जिल्लामा फैलिएको छ ।
मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ ।

नेपालमा थप ४३ जना कोरोना संक्रमणमुक्त हुँदै अस्पतालबाट घर फर्किएका छन् । वीरगन्जको नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १५५ पुगेको छ ।

प्रवक्ता देवकोटाको अनुसार संक्रमित सबै नारायण अस्पतालबाट निको भएर घर गएका हुन् । ७ देखि ५३ वर्ष उमेर समूहका उनीहरु ११ औंदेखि १६ औं दिनको अविधमा कोरोना जित्न सफल भएका हुन् । दुई महिलासहित ४१ जना पुरुष डिस्चार्ज भएका हुन् ।

प्रवक्ता देवकोटाको अनुसार प्रदेश विवरण अनुसार ६ वटा प्रदेशमा संक्रमितले कोरोना जितेका छन् । जसमध्ये प्रदेश १ मा २६, प्रदेश २ मा ७२ बागमती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १५५ जनाले कोरोना जितेका हुन् । १२४ पुरुष र ३१ जना महिला रहेका छन् ।

यस्तै पछिल्लो समयमा ९० जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ ।
यस्तै हालसम्म आरडीटीबाट ९७ हजार ९६७ र पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएका छन् । गत २४ घण्टामा आरडीटी विधिबाट ३ हजार ७८२ र पीसीआर विधिबाबाट २ हजार ७७५ नयाँ नमूना परीक्षण भएका छन् ।

सात वटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा ११ हजार ६६, प्रदेश २ मा ६ हजार ५६१ बागमती प्रदेशमा २४ हजार २१६, गण्डकी प्रदेशमा ७ हजार ७०१, प्रदेश ५ मा १६ हजार ८८०,कर्णाली प्रदेशमा १०हजार ६१८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९२५ गरी जम्मा ९७ हजार ९६७ नमूना आरडीटीबाट परीक्षण भएका छन् ।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या ५५ हजार २८२ पुगेको छ । आइसोलेसनमा ५८२ जना रहेका छन् । जसमध्ये प्रदेश १ मा ६०, प्रदेश २ मा १९१, बागमतीमा २६,गण्डकीमा ५, प्रदेश ५ मा २६३ कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना गरी जम्मा ५८२ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ९ : ०६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय