२०८२, ८ जेष्ठ बुधबार

नयाँ नक्साको खुशियालीमा निजगढका युवाहरुले गरे दिप प्रज्वलन

नयाँ नक्साको खुशियालीमा निजगढका युवाहरुले गरे दिप प्रज्वलन


निजगढ: निजगढका युवाहरुले सरकारले सार्वजनिक गरेको नयाँ नक्साको खुशीयालीमा दिप प्रज्वलन गरेका छन् । केहि दिन अघि सरकारले सार्वजनिक गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्साको खुशीयालीमा दिप प्रज्वलन गरिएको स्थानीय युवा प्रभाकर तिमल्सिनाले जानकरी दिए ।

हिजो साँझ सामाजिक दुरी कायम गर्दै निजगढ ५ पुर्बटोलमा रहेको जन जागृति युवा क्लबको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा यसै वडाका वडा अध्यक्ष थल प्रसाद गौतम, जन जागृति युवा क्लबका अध्यक्ष भोला प्रसाद ढुंगाना, समाज सेवी सुरथ पुरी, भिम प्रसाद तिमल्सिना, केशब गौतम, ढक प्रसाद गौतम, रामहरी गौतम, सुर्य बहादुर थापा, सन्तोष अर्याल, महिला समाज सेवी राधिका तिमल्सिना, भवानी ढुंगाना, इश्वरी थापा र यसै वडाका युवा प्रकाश गौतम, नवराज राउत लगायत सहभागि रहेको स्थानीय युवा प्रभाकर तिमल्सिनाले बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा राखेर सरकारले नयाँ नक्सा जारी गरेर बहादुरी देखाएको भन्दै वडाबासीले खुशियाली मनाएका हुन् । सरकारको यो कदमले सारा नेपालीको मुहारमा खुशी पलाएको वडाध्यक्ष गौतमले बताए । समाजसेवी सुरथ पुरीले पनि यो दिन नेपाल र नेपालीको लागी फेरी अर्को इतिहास लेखिएको दिन भएको बताए ।

कार्यक्रममा समाजसेवी भिम प्रसाद तिमल्सिनाले सरकारलाई आफ्नो भूमी फिर्ता गर्न जस्तो सुकै सहयोग गर्नुपरे पनि सबै जनताले दिने बताए । कार्यक्रममा सहभागि भएका युवाहरुले भारतीय ज्यादती नेपालीले सहन नसक्ने भन्दै नेपाली भूमीमा भइरहेको भारतीय हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ७ : ४४ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको