२०८३, २० आश्विन बुधबार

पाँचखालमा बृहत खानेपानी आयोजनाको ठेक्का स्वीकृत

पाँचखालमा बृहत खानेपानी आयोजनाको ठेक्का स्वीकृत


धुलिखेल, १३ जेठः खानेपानीको चरम अभाव झेल्दै आएको पाँचखालमा बृहत खानेपानी आयोजना सञ्चालन गर्ने ठेक्केदारको टुंगो लागेको छ । बृहत सुनकोशी खानेपानी आयोजनाको ठेक्का स्वीकृत भएर निर्माण ब्यवसायी समेत छनौट भएको मेयर महेश खरेलले जानकारी दिए ।

ठेक्का स्वीकृत भएसँगै अब छिट्टै आयोजनाको काम अघि बढ्ने मेयर खरेलले बताए । उनका अनुसार मंगलबार आयोजनाको ठेक्का स्वीकृत भएको हो । ‘पाँचखालका नागरिकका लागि यो एउटा ऐतिहासिक दिन हो, मेयर खरेलले भने ‘अब छिट्टै पानीको समस्याबाट हामी मुक्ति पाउने छाैँ ।’

एशियाली विकास बैंक (एडिपी) र नगर विकास कोषको ऋण सहयोगमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनामा कुल लागतको ५ प्रतिशत रकम उभोक्ताले सहयोग गरेका छन् । २ अर्ब २० करोड लागतमा सुनकोशी बृहत खानेपानी आयोजना निर्माण पुरा हुनेछ ।

खानेपानी आयोजना साढे २ बर्षभित्र सकिने मेयर खरेलले जानकारी दिए । सुनकोशी नदीको बिमिरे भन्ने ठाउँबाट लिफ्ट गरेर ल्याएको पानी पलाञ्चोक भगवती मन्दिर आसपास बन्ने मुख्य ट्याङकीमा खसालिने छ । त्यसपछि पानी वितरणको काम सुरु हुनेछ ।

नगरपालिकाको वडा नम्बर १, ५ र १३ नम्बर वडा बाहेकका सबै वडाका नागरिकको घर–घरमा बृहत खानेपानी आयोजनाको पानी पुग्नेछ । १३ नम्बर वडामा भने खानेपानी आयोजनाको काम लगभग सकेर घर घरमा पानी पुगेको सकेको मेयर खरेलले बताए । ‘यो आयोजना स्वीकृत हुदाँसम्म जहाँबाट जस जसले सहयोग गर्नुभयो उहाँहरु सबैलाई धेरै धन्यवाद, मेयर खरेलले भने ‘अहिले जसरी सहयोग गरिरहनुभएको छ, आयोजना नसकिदासम्म पनि सहयोगका अपेक्षा गरेको छु ।’

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ६ : २४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको