२०८३, १२ जेष्ठ बुधबार

सिन्धुपाल्चोकको मेलम्चीमा थप क्वारेन्टाइन सञ्चालनमा ल्याइने

सिन्धुपाल्चोकको मेलम्चीमा थप क्वारेन्टाइन सञ्चालनमा ल्याइने


धुलिखेल, १३ जेठः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले थप क्वारेन्टाइनमा ल्याउने भएको छ । मंगलबार बसेको नगरस्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकले बाहुने पाटीको क्वारेन्टाइनमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

बाहुने पाटीमा २० बेडको क्वारेन्टाइन निर्माण गरिरहेको र सम्भवत मंगलबार (आज) बाटै सञ्चालनमा ल्याइने नगरपालिका नगरपालिकाका सुचना अधिकारी जित बहादुर कार्कीले जानकारी दिए । बैठकले पाँचखोपरी थाङपाल गाउँपालिकाको तिपेनीमा पनि क्वारेन्टाइनका बनाउन पूर्व तयारी गर्ने राख्ने निर्णय पनि गरेको छ । मेलम्चीमा अहिले २५ बेडको क्वारेन्टाइनमा तयारी अवस्था छ ।

बैठकले नगरस्तरीय केस अनुसन्धान तथा कन्ट्याक्ट खोजपडताल (सीआइसीटी) टिम समेत पठन गरेको छ । जनस्वास्थ्य अधिकृत भोराज खनालको नेतृत्वमा एउटा र अग्रेनी पुनको नेतृत्वमा अर्को टिम बनाएको हो । प्राथमिक स्वास्थ्य केन्द्र विशेष कारण सिल गर्नुपर्ने अवस्था आए २४ सै घण्ट आकस्मिक प्रसुती सेवा र जीवन सुरक्षका आकस्मिक सेवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै मेलम्ची अस्पताल र बाहुनेपाटी स्थित धुलिखेल अस्पतालको शाखासँग समन्वय गरी आवश्यक स्वास्थ्यको काम गर्ने निर्णय गरिएको नगरप्रमुख डम्बर बहादुर अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ३ : ३४ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक