२०८२, ७ पुस सोमबार

काभ्रे प्रशासनले मन्त्रालयलाई भन्यो ‘कोरोनाको लिष्टबाट हटाउ’

काभ्रे प्रशासनले मन्त्रालयलाई भन्यो ‘कोरोनाको लिष्टबाट हटाउ’


धुलिखेल, १२ जेठः जिल्ला प्रशासन कार्यालय काभ्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर गल्ती सच्याउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले पत्र लेखेर काभ्रे जिल्लामा हालसम्म एक जनामा पनि कोरोना संक्रमण नदेखिएको भन्दै मन्त्रालयको विवरण सच्याउन आग्रह गरेका हुन् ।

मन्त्रालयले जेठ ३ गते सार्वजनिक गरेको विवरणमा काभ्रेमा पनि एक जना संक्रमित भएको उल्लेख गरिएको थियो । तर जिल्ला प्रशासन कार्यालय काभ्रेले भने मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काभ्रेमा संक्रमित हालसम्म नरहेको प्राष्ट पारेको छ ।

मन्त्रालयले काभ्रेको भनि सार्वजनिक गरेको ब्यक्ति काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिकाका रहेको र हाल उनी महोत्तरीमा कार्यरत रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  १२ : १९ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको