२०८२, २५ भाद्र बुधबार

काभ्रेमा क्वारेन्टाइन संख्या बढाउन स्थानीय तहलाई ताकेता

काभ्रेमा क्वारेन्टाइन संख्या बढाउन स्थानीय तहलाई ताकेता


धुलिखेल, ११ जेठः काभ्रेमा हालसम्म एक जना ब्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छैन । परीक्षणको दायरा भने निकै फराकिलो बनाइएको दाबी गरिएको छ । दायरा बढाइएको आरडिटीमा पोजेभि रिपोर्ट थाउन थालेपछि क्वारेन्टाइन संख्या नपुग्ने तर्फ सबैको ध्यान जान थालेको छ । हाल जिल्लामा ३ सय ४२ बेडको क्वारेन्टाइनमा तयारी अवस्थामा राखिएको छ । यो संख्या अपुग हुने अनुमान गरिएको छ ।

कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेले सबै स्थानीय तहरुलाई क्वारेन्टान संख्या बढाउन ताकेता गरेको छ । सीसीएमसीको आज बसेको बैठकले जिल्लाका १३ वाटै स्थानीय तहहरुलाई १÷१ सय बेडको क्वारेन्टाइन जतिसक्दो छिटो बनाउने आग्रह गरेको हो । यसअघिको सीसीएमसी बैठकले जिल्लाको धुलिखेल र बनेपामा जिल्ला स्तरीय ३÷३ सय बेडको क्वारेन्टाइन थप गर्ने निर्णय गरेको थियो । सोहि बैठकले नगरपालिका र गाउँपालिकामा १÷१ सय बेडको क्वारेन्टाइनको संख्या बढाउने पनि निर्णय गरेको थियो ।

हाल जिल्लाको धुलिखेलको सञ्जिवनी माध्यामिक विद्यालयमा ६५ बेड, बनेपा बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा ५० बेडको क्वारेन्टाइन छ । त्यस्तै पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ र मण्डदेउपुरमा १५ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छन् । त्यस्तै महाभारत गाउँपालिकामा ३५, भुम्लुमा ३०, खानीखोलामा १५, चौरीदेउरालीमा १५, बेथानचोकमा १०, रोशीमा १० र तेमाल गाउँपालिकामा ६ शैयाको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  ६ : १८ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा