२०८२, २४ कार्तिक आईतबार

काभ्रेका एम्बुलेन्सले बिरामी बाहेकका यात्रु ओसार्न थाले

काभ्रेका एम्बुलेन्सले बिरामी बाहेकका यात्रु ओसार्न थाले


धुलिखेल, ११ जेठः काभ्रे जिल्लामा सञ्चालन भइरहेका एम्बुलेन्सहरु बिरामी बाहेकका यात्रु ओसार्न थालेको पाइएको छ । बिरामीको नाममा अन्य यात्रु ओसार पसार गर्न थालेको भन्दै कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेले कारबाही गर्ने चेतावनी दिएको छ ।

स्थानीय स्तरबाट एम्बुलेन्सहरुले अन्य मानिस ओसार्ने गरेको भन्दै सीसीएमसीको आज बसेको बैठकले त्यस्तो कार्य तत्काल रोक्न एम्बुलेन्स सञ्चालकहरुलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना  संयाेजक रहेको सीसीएमसीले जिल्लाका सबै एम्बुलेन्सहरुलाई मर्यादा भन्दा बाहिर गएर काम नगर्न चेतावनी दिएको हो ।

जिल्लाका अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका बाहेक अन्य १२ वटा स्थानीय तहले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । जिल्लामा ३५ वटा एम्बुलेन्स रहेका छन् । यसरी सञ्चालन भइरहेका मध्ये ३० वटामा जीपीएस सिस्टम जडान गरिएको छ ।

यो सिस्टमले कुन एम्बुलेन्स कति खेर, कुन ठाउँमा थियो र कत्तिको गतिमा थियो भन्ने समेतको जानकारी राख्दछ ।

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  ५ : ४९ बजे

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को