२०८२, १० पुस बिहीबार

सिन्धुपाल्चोकमा पीसीआर बिधिबाट कोरोना परिक्षण बढाउन अपिल

सिन्धुपाल्चोकमा पीसीआर बिधिबाट कोरोना परिक्षण बढाउन अपिल


चौतारा १० जेठ : मानवअधिकार अवस्था अनुगमन समिती सिन्धुपाल्चोकले जिल्लामा पीसीआर विधि मार्फत कोरोना भाइरसको परीक्षण बढाउन आग्रह गरेको छ ।

समितीका संयोजक भेषराम ढकालले जारी गरेको अपिलमा सबै स्थानीय तहहरुमा पीसीआर विधि मार्फत परीक्षण बढाउन आग्रह गरिएको हो । जिल्लाको बाह्रविसे नपा ९ राम्चेकी २९ वर्षीया नौं दिनकी सुत्केरी महिलाको कोभिड १९ का कारण ज्यान गएपछि परीक्षणको दायरा बढाउन अपिल गरिएको समितिका सदस्य नातिबाबु धितालले जानकारी दिनुभयो ।

जिल्लाका केहि स्थानहरुमा कोरोना लागेका मान्छेले आवत जावत गर्छन भन्दै सेवामा अवरोध खडा गर्ने साथै औषधी, खाद्यान्न, तरकारी लगायत अति आवश्यकता भित्र पर्ने बस्तुहरु खरिद बिक्रिमा समेत समय सीमा तोकी कानुन बिपरित कार्य गरेको पाइएकोले त्यसोनगर्न समेत अनुरोध गरेको मानवअधिकारकर्मी नातिबावु धितालले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  ३ : ०३ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय