२०८२, २६ भाद्र बिहीबार

जिल्ला कमाण्ड पोष्ट काभ्रेको विवरण झुट्टो ‘रेडक्रसमा आइसोलेसन कक्ष नबनेको खुलसा’

जिल्ला कमाण्ड पोष्ट काभ्रेको विवरण झुट्टो ‘रेडक्रसमा आइसोलेसन कक्ष नबनेको खुलसा’


धुलिखेल, १० जेठः कोभिड १९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेले शुक्रबार साझँ आफ्नो प्रगति विवरणमा ५ बेडको आइसोलेसन कक्ष थपिएको जानकारी गरायो । कमाण्ड पोष्टको तर्फबाट स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले पठाएको विवरणमा बनेपा नगरपालिका स्थित नेपाल रेडक्रस सोसाइटी, काभ्रेमा ५ बेडको आइसोलेसन कक्ष थपिएको उल्लेख छ ।

दुई ठूला अस्पताल रहेको काभ्रेमा लकडाउन भएको दुई महिना पुग्दासम्म पनि ओइसोलेसन कक्ष नबढाइएकाे भन्दै जिल्लाबासीले असन्तुष्टि जनाइरहेका बेला खुशी पनि लाग्यो विवरण हेर्दा । दिनप्रतिदिन आरडिटी परीक्षणमा कोरोना भाइरसको पोजेटिभ देखिनु र आइसोलेसन कक्ष नबढिरहेका बेला संत्रास बढिरहेको छ । यसैबेला जिल्ला कमाण्ड पोष्टले ५ बेडको आइसोलेसन कक्ष थपिएको र संख्या १८ पुगेको बतायो ।

तर जिल्ला कमाण्ड पोष्टले जुन ठाउँमा आइसोलेसन बेड थपियो भन्यो त्यो ठाउँका पदाधिकारी भने यो विषयमा अनविज्ञ छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेमा अहिलेसम्म कुनै किसिमको आइसोलेसन बेड नबनेको कार्यालय प्रमुख त्रिरत्नराज बहाकले पुष्टि गरे । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तालिम केन्द्र बुडोलमा ५० बेडको क्वारेन्टाइन बाहेक अन्य कुनै पनि शाखा, उपशाखामा कोरोना भाइरसका बिरामी राख्ने गरी बेड राखिएको छैन् ।

हाल अहिले धुलिखेल अस्पतालमा ८ र शीर मेमोरियल अस्पतालमा ५ गरी जम्मा १३ बेडको मात्रै आइसोलेसन कक्ष छन् । जिल्लामा आरडिटीमा कोरोना पोजेटिभ देखिए आइसोलेसन बेड अभाव हुदैँ गएको छ ।

शुक्रबार बसेकाे संकट ब्यवस्थापन केन्द्र (सीएमसी) ले जिल्लामा ५० बेडको आइसोलेसन बेड बनाउने समेत निर्णय गरेको छ । संघ, प्रदेश र दातृ निकायको सहयोगमा आइसोलेसन बेड निर्माण गरिने प्रमुख जिल्ला अधिकारी एवं सीएमसीका संयोजक श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  २ : २१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा