२०८३, २९ भाद्र मंगलबार

जिल्ला कमाण्ड पोष्ट काभ्रेको विवरण झुट्टो ‘रेडक्रसमा आइसोलेसन कक्ष नबनेको खुलसा’

जिल्ला कमाण्ड पोष्ट काभ्रेको विवरण झुट्टो ‘रेडक्रसमा आइसोलेसन कक्ष नबनेको खुलसा’


धुलिखेल, १० जेठः कोभिड १९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेले शुक्रबार साझँ आफ्नो प्रगति विवरणमा ५ बेडको आइसोलेसन कक्ष थपिएको जानकारी गरायो । कमाण्ड पोष्टको तर्फबाट स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले पठाएको विवरणमा बनेपा नगरपालिका स्थित नेपाल रेडक्रस सोसाइटी, काभ्रेमा ५ बेडको आइसोलेसन कक्ष थपिएको उल्लेख छ ।

दुई ठूला अस्पताल रहेको काभ्रेमा लकडाउन भएको दुई महिना पुग्दासम्म पनि ओइसोलेसन कक्ष नबढाइएकाे भन्दै जिल्लाबासीले असन्तुष्टि जनाइरहेका बेला खुशी पनि लाग्यो विवरण हेर्दा । दिनप्रतिदिन आरडिटी परीक्षणमा कोरोना भाइरसको पोजेटिभ देखिनु र आइसोलेसन कक्ष नबढिरहेका बेला संत्रास बढिरहेको छ । यसैबेला जिल्ला कमाण्ड पोष्टले ५ बेडको आइसोलेसन कक्ष थपिएको र संख्या १८ पुगेको बतायो ।

तर जिल्ला कमाण्ड पोष्टले जुन ठाउँमा आइसोलेसन बेड थपियो भन्यो त्यो ठाउँका पदाधिकारी भने यो विषयमा अनविज्ञ छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेमा अहिलेसम्म कुनै किसिमको आइसोलेसन बेड नबनेको कार्यालय प्रमुख त्रिरत्नराज बहाकले पुष्टि गरे । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तालिम केन्द्र बुडोलमा ५० बेडको क्वारेन्टाइन बाहेक अन्य कुनै पनि शाखा, उपशाखामा कोरोना भाइरसका बिरामी राख्ने गरी बेड राखिएको छैन् ।

हाल अहिले धुलिखेल अस्पतालमा ८ र शीर मेमोरियल अस्पतालमा ५ गरी जम्मा १३ बेडको मात्रै आइसोलेसन कक्ष छन् । जिल्लामा आरडिटीमा कोरोना पोजेटिभ देखिए आइसोलेसन बेड अभाव हुदैँ गएको छ ।

शुक्रबार बसेकाे संकट ब्यवस्थापन केन्द्र (सीएमसी) ले जिल्लामा ५० बेडको आइसोलेसन बेड बनाउने समेत निर्णय गरेको छ । संघ, प्रदेश र दातृ निकायको सहयोगमा आइसोलेसन बेड निर्माण गरिने प्रमुख जिल्ला अधिकारी एवं सीएमसीका संयोजक श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  २ : २१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक