२०८२, २० असार शुक्रबार

धुलिखेल अस्पतालमा दैनिक कोरोना परीक्षण हुने, ५० बेडको आइसोलेसन वार्ड बनाईने

धुलिखेल अस्पतालमा दैनिक कोरोना परीक्षण हुने, ५० बेडको आइसोलेसन वार्ड बनाईने


धुलिखेल, ७ जेठ :  धुलिखेल अस्पतालमा अब दैनिक कोरोना भाइरसको परीक्षण हुने भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र (सीएमसी) काभ्रेको आज बसेको बैठकले भोली देखि अस्पतालमा दैनिक परीक्षण गर्ने ब्यवस्था मिलाउने निर्णय गरेको हो ।

धुलिखेल अस्पतालमा हस्ताको दुई दिन आइतबार र बुधबार मात्रै कोरोना भाइरसको परीक्षण हुदैँ आएको थियो । सीएमसीले जिल्लामा ५० बेडको आइसोलेसन बेड बनाउने समेत निर्णय गरेको छ । हाल जिल्लामा १३ बेड मात्रै आइसोलेसन छ । संघ, प्रदेश र दातृ निकायको सहयोगमा आइसोलेसन बेड निर्माण गरिने प्रमुख जिल्ला अधिकारी एवं सीएमसीका संयोजक श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।

बैठकले जिल्ला धुलिखेल र बनेपामा जिल्ला स्तरीय ३÷३ सय बेड, नगरपालिका र गाउँपालिकामा १÷१ सय बेडको क्वारेन्टाइनको संख्या बढाउने पनि निर्णय गरेको छ । भारत लगायत जिल्लाका विभिन्न ठाउँबाट आएका नागरिकलाई बनेपा र धुलिखेलको क्वारेटाइनमा राखिने भएको छ । यी दुई ठाउँका क्वारेन्टाइनमा ब्यवस्थापनका लागि प्रत्येक नगरपालिकाहरूले ५ लाख र गाउँपालिकाहरू ३ लाख रूपैयाँ एकहप्ताभित्र उपलब्ध गराउनु पर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ५ : ०७ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक