२०८३, १३ कार्तिक शुक्रबार

धुलिखेल नगरपालिकाले भन्यो ‘अनाधिकृत रुपमा वन कटान गर्नेलाई कारबाही हुन्छ’

धुलिखेल नगरपालिकाले भन्यो ‘अनाधिकृत रुपमा वन कटान गर्नेलाई कारबाही हुन्छ’


धुलिखेल, ९ जेठः लकडाउनको मौका छोपेर अनाधिकृत रुपमा वन कटान हुन थालेको भन्दै धुलिखेल नगरपालिकाले त्यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारानाथ लुइटेलले एक सूचना जारी गर्दै वन कटान रोक्न आग्रह गरेका हुन् ।

धुलिखेल नगरपालिकाभित्र पर्ने ठूलो वनबाट दाउरा, काठ, पत्कर संकलन गर्ने र रुख काट्ने निषेध गरेपनि कटान नरोकिएको नगरपालिकाले जनाएको छ । त्यस्तै वन क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी विभिन्न ब्यक्ति र संघसंस्थाले बाली नाली नगाउने जस्ता कार्य भइरहेको नगरपालिकाले जनाएको छ । निशेधित क्षेत्रमा अनाधकृत रुपमा काम भए वन ऐन २०४९ तथा वन नियमावली २०५१ बमोजिम कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत लुइटेलले बताए ।

नगरपालिकाको स्वीकृति बेगर निजी प्रयोजनका लागि वन क्षेत्रको पानीका स्रोत अनधिकृत रुपमा उपभोग नगर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ३ : ३२ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित