२०८३, १८ श्रावण मंगलबार

धुलिखेल नगरपालिकाले भन्यो ‘अनाधिकृत रुपमा वन कटान गर्नेलाई कारबाही हुन्छ’

धुलिखेल नगरपालिकाले भन्यो ‘अनाधिकृत रुपमा वन कटान गर्नेलाई कारबाही हुन्छ’


धुलिखेल, ९ जेठः लकडाउनको मौका छोपेर अनाधिकृत रुपमा वन कटान हुन थालेको भन्दै धुलिखेल नगरपालिकाले त्यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारानाथ लुइटेलले एक सूचना जारी गर्दै वन कटान रोक्न आग्रह गरेका हुन् ।

धुलिखेल नगरपालिकाभित्र पर्ने ठूलो वनबाट दाउरा, काठ, पत्कर संकलन गर्ने र रुख काट्ने निषेध गरेपनि कटान नरोकिएको नगरपालिकाले जनाएको छ । त्यस्तै वन क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी विभिन्न ब्यक्ति र संघसंस्थाले बाली नाली नगाउने जस्ता कार्य भइरहेको नगरपालिकाले जनाएको छ । निशेधित क्षेत्रमा अनाधकृत रुपमा काम भए वन ऐन २०४९ तथा वन नियमावली २०५१ बमोजिम कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत लुइटेलले बताए ।

नगरपालिकाको स्वीकृति बेगर निजी प्रयोजनका लागि वन क्षेत्रको पानीका स्रोत अनधिकृत रुपमा उपभोग नगर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ३ : ३२ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ