२०८३, १८ श्रावण मंगलबार

कोरोना भाइरसबाट मृत्यु भएकी महिलाका शिशु र श्रीमान डिस्चार्ज

कोरोना भाइरसबाट मृत्यु भएकी महिलाका शिशु र श्रीमान डिस्चार्ज


धुलिखेल, ९ जेठः धुलिखेल अस्पतालमा कोरोना भाइरबाट मृत्यु भएकी नेपालकै पहिलो महिलाका नवजात शिशु र श्रीमान सहितका आफन्त डिस्चार्ज भएका छन् । सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ बर्षीय सुत्केरी महिलाको जेठ १ गते राति उपचारका क्रममा मृत्यु भएको थियो ।

महिलाको मृत्यु पछि नवजातशिशु, श्रीमान, उनका आमा र बहिनीलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनीहरुमा कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रशासकिय निर्देशक डाक्टर रमेश माकजुले जानकारी दिए ।

शिशुमा हल्का जण्डिस र शरीरमा स–साना बिमिराको समस्या देखिएपछि अस्तालले थप उपचार गर्न भन्दै राखेको थियो । अस्पतालका बालरोग विशेषज्ञहरुले आवश्यक चेक जाँच गरि जण्डिस र ससाना बिमिरा निकाएपछि नवजातशिशुलाई पनि डिस्चार्ज गरिएको डाक्टर माकजुले बताए । अस्पतालले डिस्चार्ज भएको सबैलाई थप एक हप्ता सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न सल्लाह दिएको छ ।

डाक्टर माकजुका अनुसार क्वारेन्टिनबाट डिस्चार्ज हुनु अघि उनीहरु सबैको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गराउनुपर्ने छ । क्वारेन्टाइनमा बस्दा नवजात शिशु र परिवारका सदस्यहरुमा कोरोना भाइरसका लक्षण देखा परे मात्र पीसीआर विधि मार्फत पुनः परीक्षण गराउनुपर्ने अस्पतालले बताएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  १ : १७ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ