२०८३, २० आश्विन बुधबार

जुगल गाउँपालिकामा अग्रपंक्तिमा रहेर काम गर्ने सबैको बिमा

जुगल गाउँपालिकामा अग्रपंक्तिमा रहेर काम गर्ने सबैको बिमा


धुलिखेल, ८ जेठः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर कामगर्ने सबैको बिमा गरिदिने भएको छ । गाउँ कार्यपालिकाको आकस्मिक बैठकले स्वास्थ्यकर्मीहरु, कर्मचारी र जनप्रतिनिधिहरुको १ लाख बराबरको जोखिम बिमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै १० लाख बराबरको स्वास्थ्य बिमा गर्ने निर्णय भएको पालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो । जनप्रतिनिधि बाहेक अन्यको बिमा बापत शुल्क गाउँपालिकाले नै ब्यहार्ने छ । बैठकले सेलाङ मावि, गोल्चे बगर, कालिदेवी मावि पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी माविमा सुरक्षित आवास स्थल अर्थात क्वारेन्टाइन तयार गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गाउँपालिकामा बाहिरी ठाउँबाट आउने सबैलाई अनिवार्य १४ दिन क्वारेटाइनमा राख्ने निर्णय समेत गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ८ जेष्ठ बिहीबार  ६ : २९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको