२०८३, २० आश्विन बुधबार

सुनकोशीका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ७० प्रतिशत प्रोत्साहन भत्ता

सुनकोशीका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ७० प्रतिशत प्रोत्साहन भत्ता


धुलिखेल, ६ जेठः सिन्धपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाले कोरोना भाईरस रोकथाम तथा न्यूनीकरणका लागी खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । कार्यपालिकाको बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाईपाई आएको तलबको ७० प्रतिशत प्रोत्साहन भत्ताको रुपमा उपलब्ध गराउने निर्णय गरेको पालिका अध्यक्ष श्रवण कुमार जिसीले जानकारी दिए ।

स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना भाईरसकै कारण निधन एकमुष्ट पाँच लाख रुपैंया उपलब्ध गराउने निर्णय भएको पालिकाका अध्यक्ष जिसिले बताउनुभयो । उहाँका अनुसार निधन भएका स्वास्थ्यकर्मी तथा कर्मचारीका सन्तानलाई उच्च शिक्षा सम्म निःशुल्क अध्ययनका लागि छात्रबृति उपलब्ध गराईने छ ।

पालिकाले आफ्नो कार्यक्षेत्रमा अझ दत्तचित्त भएर काम गर्न समेत सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ६ जेष्ठ मंगलबार  ६ : २६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको