२०८३, २० आश्विन बुधबार

बेथानचोक गाउँपालिकामा दुध संकलन गर्न र बेच्न बेलुका मात्रै पाउने

बेथानचोक गाउँपालिकामा दुध संकलन गर्न र बेच्न बेलुका मात्रै पाउने


धुलिखेल, ६ जेठः काभ्रेको बेथानचोक गाउँपालिकाले बेलुकाको समयमा मात्रै दुध संकलन र बिक्रि गर्न उर्दी जारी गरेको छ । गाउँ विपद् ब्यवस्थापन समितिको बैठकले दुध, दुग्धजन्य वस्तु संकलन र बिक्री वितरण बेलुकाको सयममा गर्ने निर्णय गरेको हो । बैठकले दुधजन्य वस्तु, खाद्यन्न र निर्माण सामग्री ओसारपसार गर्ने सवारी साधनमा चालक र सहचालक बाहेक बढीमा १ जना ब्यक्ति मात्रै बस्ने पाउने निर्णय पनि गरेको छ ।

गाउँपालिकाको क्षेत्रभित्र विभिन्न नाका मार्फत अपरिचित ब्यक्तिहरु लुकिछिपि प्रवेश गरिरहेको गुनासो बढेको भन्दै त्यसरी प्रवेश गर्ने नागरिकलाई पालिकाको जिम्मा लगाइदिन बैठकले आग्रह गरेको छ । त्यस्तै ब्यक्तिलाई २ हप्तासम्म क्वारेन्टाइनमा अनिवार्य राख्ने निर्णय भएको पालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै विपद् ब्यवस्थापन समितिले पालिकाभित्रका सबै बजारहरुमा ३ जनाभन्दा बढी भेला नहुन अनुरोध गरेको छ । खाद्यन्न र मेडिकल जस्ता अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि पसल नखोल्न पनि समितिले आग्रह गरेको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो कुनै लक्षण देखा परे तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि बैठकले आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए ।

प्रकाशित मिति : २०७७, ६ जेष्ठ मंगलबार  १२ : ५४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको