२०८३, २० आश्विन बुधबार

लिसंखु पाखर गाउँपालिका-२ मा घरभाडा छुटका लागि घरधनीलाई लिखित पत्र

लिसंखु पाखर गाउँपालिका-२ मा घरभाडा छुटका लागि घरधनीलाई लिखित पत्र


धुलिखेल, ५ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ ले घरभाडा छुटका लागि घरधनीलाई लिखित पत्र पठाउने भएको छ । लकडाउनका कारण भाडा लिएर होटल ब्यवसाय गर्ने ब्यक्तिहरु चरम मारमा परेको भन्दै लकडाउन अवधिभरका घरभाडा छुटका गर्न लिखित रुपमै घरधनीलाई आग्रह गर्ने वडाध्यक्ष हस्त बहादुर मोक्तानले जानकारी दिए ।

पालिकाका उपाध्यक्ष हेमगंगा मोक्तानक सहित सोमबार बसेका वडाका जनप्रतिनिधि र बजार ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आफ्नो वडा प्रवेश गर्ने नाकाहरु पूर्णमा शील गरेको जनाएको छ । आफ्नो वडामा कोरोना भाइरसको संक्रमण नभित्रियोस भन्नकालागि स्वास्थ्य चौकी र मेडिकल आउनुपर्ने भए वडा कार्यालय र प्रहरी चौकीलाई पूर्व गराए मात्रै वडाप्रवेश गर्न भनेको छ ।

बैठकले वडाभित्र खाद्यान्न पसल खोल्ने समयसमेत निर्धारण गरेको छ । विहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म खाद्यान्न पसल खुल्न पाउनेछ । होटल पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको वडाध्यक्ष मोक्तानले बताए । बैठकले धान, मकै, तोरी कुटानी, पसानी गर्ने मिलमा सामाजिक दुरी अनिवार्य रुपमा पालना गरेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार  ४ : ०१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको