२०८३, २९ भाद्र मंगलबार

यसाे भन्छन, कोरोना संक्रमणबाट मृत्यु भएका पहिलो ब्यक्तिकाे गाउँ राम्चेका स्थानीय

यसाे भन्छन, कोरोना संक्रमणबाट मृत्यु भएका पहिलो ब्यक्तिकाे गाउँ राम्चेका स्थानीय


धुलिखेल, ४ जेठः बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल स्वास्थ्यकर्मी लिएर आफै कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको गाउँ पुगेका छन् । मन्त्री दुलाल मृतक २९ बर्षीय महिलाको गाउँ सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे गाउँपालिका वडा नम्बर ९ राम्चे पुगेका हुन् ।

प्रदेश मन्त्रालय अन्र्तगत गठित दु्रत प्रतिकार्य टोलीले कोरोना भाइरसका कारण सुत्केरी महिलाको मृत्यु भएपछि टोलीले कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिलो चरणमा मृतक महिलाको घर क्षेत्रको आफन्तको स्वाब संकलन सुरु गरिएको हो ।

सामाजिक विकास मन्त्री सहित प्रदेश स्वास्थ्य निर्देशानलय हेटौडाको प्रमुख रमेश अधिकारी,प्रदेशका विज्ञ डाक्टर पुरुषोतम सेढाई,प्रयोगशाला प्रमुख नारयण कार्की,जिल्ला स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाई सहितको आठ सदस्य द्रुत प्रतिकार्य टोली मृतक महिलाको गाउँ बाह्रविसे नगरपालिका ९ राम्चे ठोटनेरीमा पुगेको थियो ।

वाग्मती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशानलयले पहिलो घेरामा कम्तीमा १ सय जनाको पीसीआर परीक्षणका लागि सूची तयार पारेको सामजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

राम्चेकी सुत्केरी महिलाकाे धुलिखेल अस्पतालमा बिहिबार उपचारका क्रममा मृत्यु भएकाे थियाे । ज्वराे, रूघाखाेकी र सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएकी महिलामा काेराेना भाइरस पुष्टि भएकाे थियाे ।

मन्त्रीसहितको टोलीलाई स्थानीयले गाउँका सबैको कोरोना परीक्षण गर्नुपर्ने माग गरेका थिए । ‘हामी सबै त्रासमा छौ,हामी सबै गाउँलेको परीक्षण गर्नुपर्छ ।’ स्थानीय कृष्ण कार्कीले मन्त्री सहितको स्वास्थ्यकर्मीहरुको टोलीसँग भने । स्वास्थ्यकर्मीहरुको टोलीले भने सबैको परीक्षण गर्नुनपर्ने बताएका थिए । मृतक महिलाको गाउँमा जम्मा २३घरधुरी रहेको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ७ : ४८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक