२०८३, २९ भाद्र मंगलबार

काभ्रेमा पहिलो पटक शव बहान सञ्चालन

काभ्रेमा पहिलो पटक शव बहान सञ्चालन


धुलिखेल, ४ जेठः दुई ठूला अस्पताल रहेको काभ्रेमा पहिलो पटक शव बहान सञ्चालनमा ल्याइने भएको छ । जिल्ला कमाण्ड पोष्टले पहिलो पटक शव बहान सञ्चालनमा ल्याउने निर्णय गरेको हो । शीर मेमोरियल अस्पताल बनेपाले रेडक्रस काभ्रे शाखालाई दिएको एम्बुलेन्स शव बहानका रुपमा प्रयोग गर्ने निर्णय भएको हो ।

जिल्लामा ३५ वटा एम्बुलेन्स भएपनि हालसम्म एउटा पनि शव बहान थिएनन् । आइतबार बसेको कमाण्ड पोष्टको बैठकले शव बहान सञ्चालनमा ल्याउने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट धुलिखेल अस्पतालमा एक महिनाको मृत्युपछि शव बहान सञ्चालनमा ल्याइएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाका श्रीमान सहित काभ्रेमा हाल २३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको पीसीआर विधि मार्फत कोरोना भाइरस परीक्षण भइरहेको डाक्टर झाले बताए । हालसम्म काभ्रे जिल्लाका मात्रै १ सय ३६ जनाको पीसीआर विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ५ : ४२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक