२०८२, १२ कार्तिक मंगलबार

विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, ७,०६२ व्यक्ति संक्रमित

विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, ७,०६२ व्यक्ति संक्रमित


काठमाडौं ४ जेठ विश्वव्यापी कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीले मृत्यु भएका छन् । ७ हजार ६२ जना संक्रमित छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा रहेका नेपाली रहेका छन् । बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा १५ जना नेपाली रहेको एनआरएनएले जनाएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स ९युएई० मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । यो सातामात्र नेपालसहित थप १८ जनाको मृत्यु भएको हो । यस साता ज्यान गुमाउनेहमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको एनआरएनएले जनाएको छ ।

संक्रमित हुनेमा नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली रहेका छन् । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । ११ देशमा गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् भने १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित बनेको एनआरएनएले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ७ : ४८ बजे

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर