धुलिखेल, ३ जेठः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा नयाँ संक्रमितको संख्या दुई जना थपिएको बताए । प्रवक्ता देवकोटाले काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीइ पुरुषमा कोरोना संक्रमण पुष्टि बताएका थिए ।
लगत्तै सामाजिक सञ्जालमा काभ्रेका संक्रमितका बारे चासो हुन थाल्यो । सुचना लुगाएको भन्दै तीब्र गतिमा जिल्ला कमाण्ड पोष्टका पदाधिकारी तर्फ औला सोझ्इयो । काभ्रेका पत्रकार देखि आम सामाजिक सञ्जाल प्रयोग कर्ताले आफ्नो जिल्लाको भनेपछि चासो राख्नु पनि शोभाविक नै हो ।
सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले पनि सामाजिक सञ्जालमै जवाफ दिए । उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘काभ्रे जिल्लाको २६ वर्षको भनिएको व्यक्ति काभ्रेको बासिन्दा नभएको र यहाँ कार्यरत पनि न भएको ’ ।
‘काभ्रेका स्थायी बासिन्दा पनि होइनन्, काभ्रेमा कार्यरत पनि होइनन्’ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किन काभ्रेको हो भनेर पुष्टि गर्यो ? यसको जवाफ जिल्ला कमाण्ड पोष्ट र स्वास्थ्य मन्त्रालयले दिनैपर्छ । किन भने संक्रमित पुष्टि हुनुभनेको त्रास बढ्नु मात्रै पनि होइन् । सचेत हुनुपनि हो । ती संक्रमित ब्यक्ति यदि काभ्रेकै हुन भने कुन स्थानीय तहका हुन भन्ने सम्मको जानकारी लिन पाउने आम नागरिकको अधिकारको विषय हो ।
अहिले सामाजिक सञ्जालको प्रयोग कर्ता बढेसँगै गाउँ गाउँमा काभ्रेका २६ बर्षीय पुरुष संक्रमित भएको हल्ला फैलिसकेको छ । यसलाई न्यूनिकरण गर्न पनि जिल्ला कमाण्ड पोष्टले आधिकारी पुष्ठ्याइ गर्न जरुरी छ ।
प्रतिक्रिया