२०८२, २४ कार्तिक आईतबार

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, स्वाब परीक्षणकाे रिपाेर्ट आउन बाँकी

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, स्वाब परीक्षणकाे रिपाेर्ट आउन बाँकी


धुलिखेल, ३ जेठः सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की एक सुत्केरी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी उनीको मृत्यु भएको हो ।

बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृत्यु भएको हो । ९ दिनको बच्चा रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । शिक्षण अस्पताल महारागञ्जमा सुत्केरी भएर उनी गाउँ गएकी थिइन् ।

बैशाख २७ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएर गाउँ गएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बैशाख ३१ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो । जेठ १ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले आइसियु नभएको भन्दै धुलिखेल अस्पताल लैजान सिफारिस गरेको बाह्रबिसे नगरपालिकाका स्वास्थ्य संयोजक होमनाथ लामिछानेले बताए । तर अस्पताल नलगेर घरमा लगेको पाइएको छ ।

गम्भीर बिरामीलाई अस्पताल नलगेर घर लगेपछि स्थानीयहरुले सुत्केरीका आफन्तलाई अस्पताल लैजान दबाब दिए । जेठ १ गते बिहीबार साझँ धुलिखेल अस्पतालमा ल्याइएको थियो । उनको त्यहि दिन राति मृत्यु भएको धुलिखेल अस्पतालका कोरोना परिक्षण विभागका सुचना अधिकारी डाक्टर सुमन ताम्राकारले पुष्टि गरे ।

कोरोना भाइरसको आंशकामा उनको स्वाब परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । ३० बर्षीय सुत्केरी महिलाकाे शव धुलिखेल अस्पतालमै राखिएकाे छ ।

प्रकाशित मिति : २०७७, ३ जेष्ठ शनिबार  १ : ४८ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।