२०८३, १० भाद्र बिहीबार

नेपालमा ९ जना कोरोनाका बिरामी थपिए, देशभर संक्रमितको संख्या २६७

नेपालमा ९ जना कोरोनाका बिरामी थपिए, देशभर संक्रमितको संख्या २६७


काठमाडौं २ जेठ : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ । आज ९ जनामा संक्रमित पुष्टि भएसँगै बढेर २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताए।

डाक्टर अधिकारीका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा ९ जना कोरोना संक्रमित थपिएका हुन्। पर्सा वीरगञ्‍जस्थित ९ र १० वर्षीय बालकमा कोरोना पुष्टि भएको छ। त्यसैगरी वीरगञ्‍जकै २३ र ४७ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डाक्टर समिरकुमार अधिकारीले बताएका छन्। प्रदेश ५ को दाङस्थित गढवा ९४,५ र तुलसीपुर ९७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको छ।

त्यसैगरी संघीय राजधानी काठमाडौंको सतुगंल निवासी ७ वर्षीय बालकमा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट कोरोना देखिएको छ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ९ : ४१ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री