२०८३, ७ कार्तिक शनिबार

नेपालमा ९ जना कोरोनाका बिरामी थपिए, देशभर संक्रमितको संख्या २६७

नेपालमा ९ जना कोरोनाका बिरामी थपिए, देशभर संक्रमितको संख्या २६७


काठमाडौं २ जेठ : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ । आज ९ जनामा संक्रमित पुष्टि भएसँगै बढेर २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताए।

डाक्टर अधिकारीका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा ९ जना कोरोना संक्रमित थपिएका हुन्। पर्सा वीरगञ्‍जस्थित ९ र १० वर्षीय बालकमा कोरोना पुष्टि भएको छ। त्यसैगरी वीरगञ्‍जकै २३ र ४७ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डाक्टर समिरकुमार अधिकारीले बताएका छन्। प्रदेश ५ को दाङस्थित गढवा ९४,५ र तुलसीपुर ९७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको छ।

त्यसैगरी संघीय राजधानी काठमाडौंको सतुगंल निवासी ७ वर्षीय बालकमा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट कोरोना देखिएको छ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ९ : ४१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना