२०८३, १३ कार्तिक शुक्रबार

काभ्रेको उपयुक्त स्थानमा एयरपोट बनाइने

काभ्रेको उपयुक्त स्थानमा एयरपोट बनाइने


धुलिखेल, २ जेठ: सरकारले आगामी आर्थिक वर्षमा काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको छ । शुक्रबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा काभ्रेमा विमान स्थल बनाउने योजना समेटिएको छ ।

तर काभ्रेको कुन ठाउँमा एयरपोट बनाउने हो भन्ने चाँहि निक्र्यौल भएको छैन । नीति तथा कार्यक्रममा तेह्रथुमको चुहानडाँडामा पनि एयरपोट बनाउने उल्लेख गरिएको छ । तर काभ्रेको भने कुनै स्थान टुंगो लागेको छैन् ।

यसअघि स्वर्गीय नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीको टोलीले बनेपाको नागीडाँडा, धुलिखेलको देविस्थानडाँडा ठूलीचौर र पात्लेखेतको चिसापानी ठूलीचौरको स्थलगत अवलोकन गरेको थियो । यी तीनै ठाउँमा यसअघि पनि पटक पटक विमानस्थलको सम्भाब्यताबारे अध्ययन भने नभएको होइन् ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ७ : ३६ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित