२०८३, २९ असार मंगलबार

तेमाल-६ का वडाध्यक्ष तामाङले भने ‘प्राकृतिक स्रोत दोहोन गर्नेलाई कारबाही गर्छु’

तेमाल-६ का वडाध्यक्ष तामाङले भने ‘प्राकृतिक स्रोत दोहोन गर्नेलाई कारबाही गर्छु’


धुलिखेल, २ जेठः तेमाल गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विकु लाल तामाङले प्राकृतिक स्रोत अतिक्रमण भएको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् । उनले एक सुचना जारी गर्दै बाँचरि, झगडेबेसी, भुमेस्थान, मकुन्देको भँगालो, मईनझाङ लगायतको क्षेत्रमा बोटविरुवा र खानीजन्य पदार्थ निकाल्नेको भन्दै तत्काल रोक्न निर्देशन दिएका हुन् ।

वडाध्यक्ष तामाङका अनुसार कोल्पु बेसी, रानीदह, मस्तेवेशी र सल्यानी साल बिसाउने आसपासको क्षेत्रमा पनि ढुंगा र बालुवा अनाधकृत रुपमा निकाल्ने क्रम चलिरहेको छ । यी क्षेत्रमा जथाभावी प्राकृतिक स्रोत दोहोन भएको स्थानीयले गुनासो गरेको भन्दै वडाध्यक्ष तामाङले अनुसन्धान भइरहेको बताएका छन् । ठूलो पर्सेल क्षेत्र भएर बग्ने सुनकोशी नदीका साथै अन्य क्षेत्रमा समेत अनाधकृत रुपमा प्राकृतिक स्रोत माथि दोहोन भइरहेको छ ।

वडाध्यक्ष तामाङले प्राकृतिक स्रोत दोहोन गर्ने विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यन्वयन) ऐन, २०७४ को परिच्छेद–८ को दफा १४९ को उपदफा (२) बमोजिम कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उक्त ऐनमा कसुर गर्ने वा गराउने ब्यक्तिलाई दश वर्षसम्म कैद र बिगो खुलेमा बिगो बमोजिम र बिगो नखुलेमा दशलाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ब्यवस्था छ । ‘अनाधकृत रुपमा प्राकृतिक स्रोत दोहोन भइरहेको स्थानीयबाट ब्यापक गुनासो आएपछि अनुसन्धान थालिएको छ, वडाध्यक्ष तामाङले ‘प्राकृतिक स्रोत माथि जथाभावी दोहोन गर्ने र गराउने दुबैलाई कारबाही गर्छु ।’

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ३ : ४५ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित