२०८३, १२ कार्तिक बिहीबार

तेमाल-६ का वडाध्यक्ष तामाङले भने ‘प्राकृतिक स्रोत दोहोन गर्नेलाई कारबाही गर्छु’

तेमाल-६ का वडाध्यक्ष तामाङले भने ‘प्राकृतिक स्रोत दोहोन गर्नेलाई कारबाही गर्छु’


धुलिखेल, २ जेठः तेमाल गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विकु लाल तामाङले प्राकृतिक स्रोत अतिक्रमण भएको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् । उनले एक सुचना जारी गर्दै बाँचरि, झगडेबेसी, भुमेस्थान, मकुन्देको भँगालो, मईनझाङ लगायतको क्षेत्रमा बोटविरुवा र खानीजन्य पदार्थ निकाल्नेको भन्दै तत्काल रोक्न निर्देशन दिएका हुन् ।

वडाध्यक्ष तामाङका अनुसार कोल्पु बेसी, रानीदह, मस्तेवेशी र सल्यानी साल बिसाउने आसपासको क्षेत्रमा पनि ढुंगा र बालुवा अनाधकृत रुपमा निकाल्ने क्रम चलिरहेको छ । यी क्षेत्रमा जथाभावी प्राकृतिक स्रोत दोहोन भएको स्थानीयले गुनासो गरेको भन्दै वडाध्यक्ष तामाङले अनुसन्धान भइरहेको बताएका छन् । ठूलो पर्सेल क्षेत्र भएर बग्ने सुनकोशी नदीका साथै अन्य क्षेत्रमा समेत अनाधकृत रुपमा प्राकृतिक स्रोत माथि दोहोन भइरहेको छ ।

वडाध्यक्ष तामाङले प्राकृतिक स्रोत दोहोन गर्ने विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यन्वयन) ऐन, २०७४ को परिच्छेद–८ को दफा १४९ को उपदफा (२) बमोजिम कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उक्त ऐनमा कसुर गर्ने वा गराउने ब्यक्तिलाई दश वर्षसम्म कैद र बिगो खुलेमा बिगो बमोजिम र बिगो नखुलेमा दशलाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ब्यवस्था छ । ‘अनाधकृत रुपमा प्राकृतिक स्रोत दोहोन भइरहेको स्थानीयबाट ब्यापक गुनासो आएपछि अनुसन्धान थालिएको छ, वडाध्यक्ष तामाङले ‘प्राकृतिक स्रोत माथि जथाभावी दोहोन गर्ने र गराउने दुबैलाई कारबाही गर्छु ।’

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ३ : ४५ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता