धुलिखेल ३१ बैशाख : जिल्ला प्रशासन कार्यालयले भोली देखि सबै किसिमका पास रद्द हुने बताएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज एक सुचना मार्फत सबै पास भोलीदेखि रद्द हुने जानकारी दिनुभएको हो । उहाँका अनुसार यसअघि प्रशासन कार्यालयबाट जारी भएका हस्तलिखित र इ पास भोली देखि रद्द हुनेछ ।
गृह मन्त्रालयले हिजो सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र मार्फत पास रद्द गर्न आग्रह गरेको थियो । अत्यावश्यक सवारी साधनका लागि समेत कारण खुलाएर पास दिन गृह मन्त्रालयले भनेको छ ।
एक जिल्लाबाट अर्को जिल्ला जाने सावरी साधनलाई पुग्नुपर्ने जिल्ला प्रशासनसँग समन्वय गरेर मात्रै पास दिन ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयले परिपत्र जारी गरेका छ ।
प्रतिक्रिया