२०८३, १७ बैशाख शुक्रबार

छाङरूमा भाडाको घरमा बस्नेछ सशस्त्रको सीमा सुरक्षा टोली

छाङरूमा भाडाको घरमा बस्नेछ सशस्त्रको सीमा सुरक्षा टोली


काठमाडौं, ३१ वैशाख: भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज खटाइँदै छ । सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ ।

छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०-१२ किलोमिटर वरै पर्दछ । बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा पुर्याउने छ । त्यसका लागि बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट दार्चुला प्रस्थान गरेको छ । सो हेलिकोप्टर दार्चुलाबाट इन्सपेक्टरसहितको टोलीलाई लिएर आजै छाङरू पुग्ने छ ।

छाङरूसम्म पुग्ने बाटो नभएकाले सेनाको हेलिकोप्टरबाट सशस्त्रको टोलीलाई लैजान लागिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । यसअघि गृह मन्त्रालयले सशस्त्रको टोली लैजान सेनाको हेलिकप्टर माग गरेको थियो ।

सीतापुर प्रहरीको टोलीलाई पनि स्थानान्तरण गरिने

प्रजिअ पौडेलले सशस्त्रको टोली राख्न छाङरूमा एउटा घर भाडामा लिइएको जानकारी दिए । उनले भने, ‘छाङरूमा बीओपी राख्न जग्गा लगायतको निर्णय पहिले नै क्याबिनेटबाट भएको थियो तर लकडाउनका कारण घर बनाउन सकिएन । घर नबनुन्जेलसम्मका लागि एउटा घर भाडामा लिएर काम चलाइएको छ ।’

सई नेतृत्वको १० सदस्यीय प्रहरी टोलीलाई पनि छाङरूमा लगिने छ । हाल सीतापुरमा बस्दै आएको प्रहरी टोलीलाई छाङरूमा स्थानान्तरण गर्न लागिएको हो ।

जाडोको बेला हिउँ परेर बस्न नसकिने भएकाले नेपाल प्रहरीको टोली छाङरूभन्दा तल सीतापुर भन्ने स्थानमा बस्दै आएको छ । अहिले हिउँ पग्लिएर बस्न केही सहज भएकाले सो टोलीलाई फेरि छाङरूमा स्थानान्तरण गर्न लागिएको प्रजिअ पौडेलले जानकारी दिए ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ९ : ०४ बजे

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले