२०८२, २२ माघ बिहीबार

काभ्रेमा २६ सय पीसीआर किट, परीक्षण भने ६९ जनाको मात्रै !

काभ्रेमा २६ सय पीसीआर किट, परीक्षण भने ६९ जनाको मात्रै !


धुलिखेल, ३१ बैशाखः गत चैत २९ गते देखि धुलिखेल अस्पतालमा कोरोना भाइरसको परीक्षण थलियो । काभ्रेली मात्रै होइन, खबर सुनेपछि छिमेककी जिल्लाका स्थानीय समेत खुशी भए । परीक्षणका लागि काठमाण्डौ र हेटौडासम्म जानुपर्ने झण्झण्टबाट मुक्त भइयो भनेर ।

धुलिखेल अस्पतालमा कोरोना भाइरसको परीक्षण थालिएको एक महिना पुरा भएको छ । धुलिखेल अस्पतालमा किटको अभाव भयो भनेर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कमाण्ड पोष्टले प्रदेश र संघ सरकारलाई अनुनय विनय नै गर्यो । आइतबार २ हजार थान पीसीआर किट पठाइ दियो । तर काभ्रेकै नागरिकको भने नगन्य मात्रमा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।

जिल्ला कमाण्ड पोष्टले दैनिक सार्वजनिक गर्ने वितरण अनुसार हालसम्म काभ्रेका ६९ जनाको मात्रै पीसीआर विधिबाट परीक्षण गरिएको छ । धुलिखेल अस्पतालमा रहेको सुविधायुक्त परीक्षण ल्याबमा कोरोना भाइरसको परिक्षण भने मंगलबारसम्म ९०४ जनाको गरिएको छ । त्यसमा काभ्रेका ६९ जना मात्रै छन् ।

धुलिखेल अस्पतामा परीक्षण हुने अधिकांश स्वाब टेकु अस्पतालबाट आउने गरेको छ । हालसम्म टेकु अस्पतालबाट आएको ८ सय ३५ स्वाब परीक्षण गरिएको छ । भलै हालसम्म धुलिखेल अस्पतालमा परीक्षण गरिएका काभ्रेका ६९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । अर्थात उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएन ।

कमाण्ड पोष्टको तथ्याङ्क अनुसार काभ्रे जिल्ला भर हालसम्म ५ सय ५४ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन गर्यो । पनौती र बेथानचोक क्षेत्रमा लकडाउनका बीच थुप्रै मानिस भारतबाट फर्किए । उनीहरुमा परीक्षण आरडिटीमै सीमित गरियो ।

फागुन महिना देखि यता काभ्रेमा विदेशबाट भित्रिएकाको संख्या ७ सय पनि कटेको छैन । तर उनीहरुको न त स्वाब परिक्षण गरियो, न त क्वारेन्टाइनमै राखियो । जिल्लामा २६ सय किट आइसक्दा पनि किन ६९ जनाको मात्रै स्वाब परिक्षण गरियो ? भन्ने प्रश्नको जवाफ सम्बन्धित पक्षले दिदैँ गर्लान् । यसको अर्थ यो पनि होइन कि काभ्रेमा कोरोना संक्रमित भेटिनु पर्छ । तर परीक्षणको दायरा नै नबढाइ कन ढुक्क भने हुन सक्ने अवस्था छैन ।

जिल्लामा दुई ठूलो राजमार्ग छन् । बीपी राजमार्ग हुदैँ २ नम्बर प्रदेश र भारतका नागरिक समेत कुनै न कुनै किसिमबाट भित्रिरहेका छन् । अरनिको राजमार्ग हुदैँ तोतापानी नाकाबाट चिनियाँ सामान लिएर माल बाहक कन्टेनर भ्यान ओहोर दोहोर गर्न थालेका छन् । तर सुरक्षाको सावधानी भने अपनाएका छैनन् । लकडाउनको सुरुको हप्ता स्थानीय तहहरुले केहि सक्रियता देखाएपनि त्यसपछिका दिनहरुमा भने कोरोना भाइरस रोकथामका लागि महत्वपूर्ण गतिविधिको पाइएको छैन ।

लकडाउनको बीचमा जिल्लाका सरोकारवाला निकायको धुलिखेलमा थुप्रै पटक बैठक बस्यो । तर जिल्लामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण दायरा बढाउने निर्णय गर्नुको सट्टा टिपर र क्रसर उद्योग चल्न दिने निर्णय गरे । जुन यति बेला आवश्यक थिएन् ।

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ८ : २७ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले