काठमाण्डाै, ३० बैशाखः नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ ।
सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद बैठक बस्ने नियमित समय सोमबार हो । तर हिजो बैठक नबसेकाले आज बैठक बोलाइएको हो ।








प्रतिक्रिया