२०८३, ९ कार्तिक सोमबार

ललितपुरकी कन्चन अमात्यलाई लन्डनमा शाही सम्मान

ललितपुरकी कन्चन अमात्यलाई लन्डनमा शाही सम्मान


डिसी । ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ । उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्यांकन गर्दै बेलायती शाही परिवारले उनलाई उक्त सम्मान दिएको हो ।

सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन् । गत वर्ष २०१९ मा अमात्य डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भइसकेकी थिइन् ।

उक्त पुरस्कार अमात्यसहित अन्य १९ वटा देशका व्यक्तिहरुलाई पनि दिइएको छ । जसमा बेलायत, क्यानडा, मलेसिया, नाइजेरिया, तान्जानिया र भारत छन् ।

उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाइ लर्ड एर्ल स्पेन्सरले वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

आमाले ग्रहण गरिन् पुरस्कार

उक्त पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरिन् । पुरस्कार ग्रहण गरेपछि आमा कृष्ण अमात्यले भनिन्, ‘एक आमाको रूपमा एउटा बच्चा (कन्चन) पाएकोमा अत्यन्त गर्व गर्छु ।’

कन्चनले भनिन्, ‘अन्तर्राष्ट्रिय आमा दिवसको अवसरमा पाएको यो पुरस्कार म विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन् । र जसले सबै कठिनाइहरूको बाबजुद पनि मेरो उत्तम पालनपोषण गरिन् ।’

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ७ : ५८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि