२०८२, १० फाल्गुन आईतबार

धुलिखेल नगरपालिकालाई एक्शन एडद्वारा स्वास्थ्य सामग्री सहयोग

धुलिखेल नगरपालिकालाई एक्शन एडद्वारा स्वास्थ्य सामग्री सहयोग


धुलिखेल, २९ बैशाखः एक्शन एड नेपालले धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार एक्शन एडले स्वास्थ्य सामग्री मेयर अशोक कुमार ब्याञ्जुलाई हस्तान्तरण गरेको हो ।

एक्शन एडले ६ सय थान सर्जिकल मास्क, इन्फ्रा रेड थर्मामिटर ६ थान, पूरा सामाग्री सहितको पीपीई ३० सेट हस्तान्तरण गरेको छ । त्यस्तै गाउन ३० सेट, ह्याण्ड वास ३० सेट, के एन ९५ मास्क ३० थान सहित ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

सामग्री हस्तान्तणका लागि एक्शन एडका महेश बडाल नगरपालिकामा पुगेका थिए । सहयोग प्राप्त स्वास्थ्य सामग्री नगरपालिकाभित्रका स्वास्थ्य संस्था, सञ्जीवनी माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइन र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबका कर्मचारीका लागि प्रयोग गरिने स्वास्थ्य संयोजक केसीले जानकारी दिए ।

यसैबीच  धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार थप २ जना पुरुषको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य केन्द्रमा हालसम्म ६८ जनाको आरडिटी परीक्षण गरिएको र ती सबैमा कोरोना भाइरस नेगेटिभ रहेको स्वास्थ्य संयोजक केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ७ : ५५ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार