२०८३, ९ भाद्र बुधबार

मण्डनदेउपुरमा काम पछि मात्रै राहत

मण्डनदेउपुरमा काम पछि मात्रै राहत


धुलिखेल, २९ बैशाखः काभ्रेको मण्डनदेउपुर नगरापालिकाले काम गर्न सक्ने परिवारका लागि काम गरिसकेपछि मात्रै राहत उलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठकले काम गरेपछि मात्रै राहत उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता दिल्ली प्रसाद आचार्यले जानकारी दिए ।

विपद् ब्यवस्थापन समितिले एकदिन काम गरे बापत १५ किलो चामल दिने निर्णय गरेको छ । समितिले काम गर्न नसक्ने परिवारका लागि भने वडास्तरबाट विवरण माग गरेको छ । ‘काम गर्ने सक्ने ब्यक्तिका लागि सडकका नियमित मर्मत सम्भार, धारा, कुवाँ सरसफाई, नगरभित्रको सार्वजनिक क्षेत्रमा काम गरेपछि मात्रै राहत उपलब्ध गराउने निर्णय भएको छ, प्रवक्ता आचार्यले भने ‘काम गर्न नसक्ने ब्यक्ति र परिवारका लागि वडा स्तरबाट राहतका लागि विवरण माग गरेका छौँ ।’

कोरोना भाइरस नफैलियोस भन्नका लागि सरकारले गरेको लकडाउनको यति लामो समय वित्तिसक्दा पनि मण्डनदेउपुर नगरपालिकाले हालसम्म कसैलाई पनि राहत वितरण गरेको छैन् । ‘अहिलेसम्म स्थिति बिग्रिसकेको अवस्था छैन, प्रवक्ता आचार्यले भने ‘अझै नबिग्रियोस भन्नका लागि काम र राहतको अवधारण ल्याएका हौँ ।’

नगरपालिकाभित्र १२ वटा वडा छन् । नगरस्तरीय विपद् ब्यवस्थापन समितिले वडा स्तरीय विपद् ब्यवस्थापन समितिलाई बढीमा ५० जनासम्म अतिविपन्न, अशक्त, अपाङ्गता भएका ब्यक्तिहरुको विवरण पठाउन भनेको छ । कामसँग पैसा भन्दा पनि खाद्यान्न साट्ने योजना अनुसार यस्तो निर्णय गरिएको प्रवक्ता आचार्यले बताए ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ७ : १३ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण