२०८२, २५ भाद्र बुधबार

मण्डनदेउपुरमा काम पछि मात्रै राहत

मण्डनदेउपुरमा काम पछि मात्रै राहत


धुलिखेल, २९ बैशाखः काभ्रेको मण्डनदेउपुर नगरापालिकाले काम गर्न सक्ने परिवारका लागि काम गरिसकेपछि मात्रै राहत उलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठकले काम गरेपछि मात्रै राहत उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता दिल्ली प्रसाद आचार्यले जानकारी दिए ।

विपद् ब्यवस्थापन समितिले एकदिन काम गरे बापत १५ किलो चामल दिने निर्णय गरेको छ । समितिले काम गर्न नसक्ने परिवारका लागि भने वडास्तरबाट विवरण माग गरेको छ । ‘काम गर्ने सक्ने ब्यक्तिका लागि सडकका नियमित मर्मत सम्भार, धारा, कुवाँ सरसफाई, नगरभित्रको सार्वजनिक क्षेत्रमा काम गरेपछि मात्रै राहत उपलब्ध गराउने निर्णय भएको छ, प्रवक्ता आचार्यले भने ‘काम गर्न नसक्ने ब्यक्ति र परिवारका लागि वडा स्तरबाट राहतका लागि विवरण माग गरेका छौँ ।’

कोरोना भाइरस नफैलियोस भन्नका लागि सरकारले गरेको लकडाउनको यति लामो समय वित्तिसक्दा पनि मण्डनदेउपुर नगरपालिकाले हालसम्म कसैलाई पनि राहत वितरण गरेको छैन् । ‘अहिलेसम्म स्थिति बिग्रिसकेको अवस्था छैन, प्रवक्ता आचार्यले भने ‘अझै नबिग्रियोस भन्नका लागि काम र राहतको अवधारण ल्याएका हौँ ।’

नगरपालिकाभित्र १२ वटा वडा छन् । नगरस्तरीय विपद् ब्यवस्थापन समितिले वडा स्तरीय विपद् ब्यवस्थापन समितिलाई बढीमा ५० जनासम्म अतिविपन्न, अशक्त, अपाङ्गता भएका ब्यक्तिहरुको विवरण पठाउन भनेको छ । कामसँग पैसा भन्दा पनि खाद्यान्न साट्ने योजना अनुसार यस्तो निर्णय गरिएको प्रवक्ता आचार्यले बताए ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ७ : १३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा