२०८३, १२ कार्तिक बिहीबार

धुलिखेल अस्पतालमा आइपुग्यो २ हजार पीसीआर किट

धुलिखेल अस्पतालमा आइपुग्यो २ हजार पीसीआर किट


धुलिखेल, २९ बैशाखः सरकारले काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि थप २ हजार पीसीआर किट उपलब्ध गराएको छ । आइतबार २ हजार थान पीसीआर किट आइपुगेको धुलिखेल अस्पतालका कोरोना परीक्षण ल्याब विभागका सूचना अधिकारी डा. सुमनराज ताम्राकार जानकारी दिए ।

यसअघि ६ सय पीसीआर किट अस्पतालमा आइपुगेको थियो । ६ सय किट उपलब्ध भएकोमा पाँच सय ८५ जनाको परीक्षण भइसक्दा पनि किट प्राप्त नभएपछि अभाव सिर्जना भएको थियो । तर आइतबार २ हजार पीसीआर किट आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए । पीसीआर किट अभावकै कारण जिल्लामा कोरोनाभाइरसको परीक्षण नरोकिएको डाक्टार झाले बताए ।

पहिलो चरणमा प्राप्त भएको ६ सय मध्ये पाँच सय ८५ जनाको परीक्षण भएकोमा ६९ जना काभ्रेका हुन् भने अन्य पाँच सय २० जना अन्य जिल्लाबाट आएको स्वाबको परीक्षण गरेको हो ।

धुलिखेल अस्पतालमा चैत २३ गतेदेखि कोरोना भाइरसको परीक्षण सुरुभएको थियो । धुलिखेल अस्पतालमा प्रत्येक हप्ताको आइतबार र बुधबार कोरोना भाइरसको परिक्षण हुदैँ आएको छ ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  २ : ०० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता