२०८३, ३० भाद्र बुधबार

काभ्रेमा उद्योगको अनुगमन गर्ने जिम्मा सहायक प्रजिअलाइ

काभ्रेमा उद्योगको अनुगमन गर्ने जिम्मा सहायक प्रजिअलाइ


धुलिखेल, २८ बैशाखः काभ्रेमा उद्योगहरुको अनुगमन गर्न उद्याेग अनुगमन समिति गठन गरिएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) को संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रले काभ्रेमा उद्योग, कलकारखाना सञ्चालन गर्ने निर्णय गरेसँगै अनुगमन समिति गठन गरिएको हो ।

उद्योग अनुगमन समितिले कोभिड–१९ सँग सम्बन्धित न्यूनतम स्वास्थ्य सुरक्षा अवलम्बन गरे÷नगरेको हेर्ने छ । त्यस्तै अनुगमन समितिले उद्योगभित्र काम गर्ने कामदानहरुको आवास ब्यवस्थानको अनुगमन गर्ने छ । उद्योग अनुगमन समितिलाई न्यूनतम नियम पालना गरेको नपाइए तत्काल सञ्चालन अनुमति रद्ध गर्नेसम्मका अधिकार दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको संकट ब्यवस्थापन केन्द्रको बैठकले विभिन्न उद्योग तथा विकास निर्माणका आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको गरेकाे थियाे । संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लाबाट उत्पादित दुध, तरकारी, माछा, कुखुरा, अण्डा, दाना जस्ता कृषि तथा पशुपन्छी जन्य उद्योग सञ्चालन हुन पाउने छन् । मल र बीउ विजन ढुवानी तथा बिक्री गर्न पाइनेछ ।

शीत भण्डार सञ्चालन गर्न पाइने छ । त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित सबै स्वास्थ्यहरु सञ्चालन हुन पाउनेछन् । पानी, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका भन्सारबाट जाँचपास भएका सबै किसिमका सवारी साधन चल्न पाउनेछन् ।

काभ्रे जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग, काभ्रे एकीकृत खानेपानी आयोजनाको काम पूर्ण रुपमा चल्ने छ । नदी निययन्त्रणका कार्यहरु र एक स्थानमा एक पटकमा अधिकतम १० जना भन्दा कम श्रमिकले सञ्चालन गर्न मिल्ने शहरी पूर्वाधारका आयोजनाहरु पनि चल्नेछ ।

सार्वजनिक सेवा तर्फ बैंकहरु सञ्चालन हुनेछ । विद्यूत, खानेपानी, सञ्चार, फोहोरमैला ब्यवस्थापन, दमकल पनि सुचारु हुनेछन् । तर यी सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड भने अपनाउनु पर्नेछ ।

उद्योग तर्फ चामल, दाल, तेल, चिउरा, पाउरोटी, पिठो, चाउचाउ खुल्न पाउनेछन् । घरेलु तथा साना उद्योग पनि चल्ने छ । बढीमा ३ जनासम्म कामदार रहने गरी सवारीसाधनहरुको मर्मत गर्ने वर्कशप, प्लम्बिङ, इलेक्ट्रिकल सेवाहरु पनि सुचारु हुनेछ ।

 

प्रकाशित मिति : २०७७, २८ बैशाख आईतबार  ७ : १३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक