२०८२, २४ भाद्र मंगलबार

धुलिखेलका १८ परिवारलाई संगितकर्मीको राहत

धुलिखेलका १८ परिवारलाई संगितकर्मीको राहत


धुलिखेल, २६ बैशाखः लकडाउनका कारण खाद्यान्न अभाव व्यहोरिरहेका धुलिखेल ४ छापगाउँका १८ परिवारलाई राष्ट्रिय संगीतकर्मी संघले राहत प्रदान गरेको छ । लकडाउनसँगै बेरोजगारीका कारण गरिब तथा बिपन्न वर्गका परिवारमा खाद्यान्नको समस्या पर्दे आइरहेको अवस्थालाई मध्नजर गर्दै धुलिखेलका अलपत्र १८ परिवारलाई राष्ट्रिय संगीतकर्मी संघले राहत प्रदान गरेको हो ।

लकडाउन भए सँगै शुरुवात गरिएको यो अभियान निरन्तर जारी रहेको संस्थाका महासचिव बिक्रम जङ्ग शाहले बताए । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको अभियान अन्तर्गत दैनिक मजदुरी गर्ने काभ्रे धुलिखेल वडा नं. ४ छापागाउका १८ घर परिवारलाई राहत प्रदान गरिएको हो । त्यसैगरी भक्तपुर, कालो पुल, काडाघारी, बनेपामा पनि सहयोग गरेको शाहले जानकारी दिए ।

धुलिखेलमा वितरण गरिएको सामाग्री सहयोग तथा व्यवस्थापन उद्योगपति गणेश सुवेदीले गरेको संस्थाका महासचिव बिक्रम जङ्ग शाहले बताए । संघले अहिले सम्म उपत्यकाको सुर्यबिनायक, ठिमी, लोकन्थली, काडाघारी, मुलपानी, टोखा, सरस्वती खेल, कौसलटार, कोटेश्वर, जडीबुटी, इमाडोल, सिनामंगल, मित्र पार्क, चाबहिल, जोरपाटी, नयाबस्ती, गोठाटार, आरुबारी, धुम्बाराही, सामाखुसी, ग्रीन्ल्याण्ड, माछापोखरी, सोर्हखुट्टे, कालीमाटी, बल्खु , कलन्की, ढुङ्गेअड्डा, काभ्रे लगायतका विभिन्न स्थानमा पुगी करीब ३ हजार भन्दा बढी ब्यक्तिहरुको पेट भर्नको लागि मद्दत गरेको छ ।

प्रकाशित मिति : २०७७, २६ बैशाख शुक्रबार  ७ : ४० बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा