२०८२, २० असार शुक्रबार

काभ्रेमा उद्योग तथा विकास निर्माणको आयोजना सुचारु गर्ने निर्णय

काभ्रेमा उद्योग तथा विकास निर्माणको आयोजना सुचारु गर्ने निर्णय


धुलिखेल, २६ बैशाख :  जिल्ला संकट ब्यवस्थापन केन्द्र काभ्रेले सुरक्षाको मापदण्ड र सामाजिक दुरी कायम गरी विभिन्न उद्योग तथा विकास निर्माणका आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको छ । जिल्लाबाट उत्पादित दुध, तरकारी, माछा, कुखुरा, अण्डा, दाना जस्ता कृषि तथा पशुपन्छी जन्य उद्योग सञ्चालन हुन पाउने छन् । मल र बीउ विजन ढुवानी तथा बिक्री गर्न पाइनेछ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको संकट ब्यवस्थापन केन्द्रको बैठकले शीत भण्डार सञ्चालन गर्न पाइने छ । त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित सबै स्वास्थ्यहरु सञ्चालन हुन पाउनेछन् । पानी, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका भन्सारबाट जाँचपास भएका सबै किसिमका सवारी साधन चल्न पाउनेछन् ।

काभ्रे जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग, काभ्रे एकीकृत खानेपानी आयोजनाको काम पूर्ण रुपमा चल्ने छ । नदी निययन्त्रणका कार्यहरु र एक स्थानमा एक पटकमा अधिकतम १० जना भन्दा कम श्रमिकले सञ्चालन गर्न मिल्ने शहरी पूर्वाधारका आयोजनाहरु पनि चल्नेछ ।

सार्वजनिक सेवा तर्फ बैंकहरु सञ्चालन हुनेछ । विद्यूत, खानेपानी, सञ्चार, फोहोरमैला ब्यवस्थापन, दमकल पनि सुचारु हुनेछन् । तर यी सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड भने अपनाउनु पर्नेछ ।

उद्योग तर्फ चामल, दाल, तेल, चिउरा, पाउरोटी, पिठो, चाउचाउ खुल्न पाउनेछन् । घरेलु तथा साना उद्योग पनि चल्ने छ । बढीमा ३ जनासम्म कामदार रहने गरी सवारीसाधनहरुको मर्मत गर्ने वर्कशप, प्लम्बिङ, इलेक्ट्रिकल सेवाहरु पनि सुचारु हुनेछ ।

जिल्लामा रहेको विश्वविद्यालय, क्याम्पस, विद्यालय, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क चल्न पाउने छैनन् । त्यस्तै रंगशाला, खेलकुद स्थल, फुटशल, जिमखाना, फिटनेश सेन्टर, शैलुन, ब्यूटिपार्लर, होटल, बार र रेष्टुरेण्टहरु चल्न पाउने छैनन् । स्थानीय प्रशासनबाट अनुमति लिएका बाहेकका कुनै पनि यात्रुबहाक सवारी साधन चल्न पाउने छैनन् ।

जिल्ला संकट ब्यवस्थापन केन्द्रले जिल्लाको कुनै पनि भू-भागमा संक्रमणको जोखिम देखा परेमा उक्त क्षेत्र वा जिल्ला भर निश्चित अवधिसम्मका लागि स्थानीय प्रशासनले तत्कालै रोक लगाउन प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २६ बैशाख शुक्रबार  ६ : १८ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको