२०८३, ९ भाद्र बुधबार

काभ्रेमा उद्योग तथा विकास निर्माणको आयोजना सुचारु गर्ने निर्णय

काभ्रेमा उद्योग तथा विकास निर्माणको आयोजना सुचारु गर्ने निर्णय


धुलिखेल, २६ बैशाख :  जिल्ला संकट ब्यवस्थापन केन्द्र काभ्रेले सुरक्षाको मापदण्ड र सामाजिक दुरी कायम गरी विभिन्न उद्योग तथा विकास निर्माणका आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको छ । जिल्लाबाट उत्पादित दुध, तरकारी, माछा, कुखुरा, अण्डा, दाना जस्ता कृषि तथा पशुपन्छी जन्य उद्योग सञ्चालन हुन पाउने छन् । मल र बीउ विजन ढुवानी तथा बिक्री गर्न पाइनेछ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको संकट ब्यवस्थापन केन्द्रको बैठकले शीत भण्डार सञ्चालन गर्न पाइने छ । त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित सबै स्वास्थ्यहरु सञ्चालन हुन पाउनेछन् । पानी, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका भन्सारबाट जाँचपास भएका सबै किसिमका सवारी साधन चल्न पाउनेछन् ।

काभ्रे जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग, काभ्रे एकीकृत खानेपानी आयोजनाको काम पूर्ण रुपमा चल्ने छ । नदी निययन्त्रणका कार्यहरु र एक स्थानमा एक पटकमा अधिकतम १० जना भन्दा कम श्रमिकले सञ्चालन गर्न मिल्ने शहरी पूर्वाधारका आयोजनाहरु पनि चल्नेछ ।

सार्वजनिक सेवा तर्फ बैंकहरु सञ्चालन हुनेछ । विद्यूत, खानेपानी, सञ्चार, फोहोरमैला ब्यवस्थापन, दमकल पनि सुचारु हुनेछन् । तर यी सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड भने अपनाउनु पर्नेछ ।

उद्योग तर्फ चामल, दाल, तेल, चिउरा, पाउरोटी, पिठो, चाउचाउ खुल्न पाउनेछन् । घरेलु तथा साना उद्योग पनि चल्ने छ । बढीमा ३ जनासम्म कामदार रहने गरी सवारीसाधनहरुको मर्मत गर्ने वर्कशप, प्लम्बिङ, इलेक्ट्रिकल सेवाहरु पनि सुचारु हुनेछ ।

जिल्लामा रहेको विश्वविद्यालय, क्याम्पस, विद्यालय, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क चल्न पाउने छैनन् । त्यस्तै रंगशाला, खेलकुद स्थल, फुटशल, जिमखाना, फिटनेश सेन्टर, शैलुन, ब्यूटिपार्लर, होटल, बार र रेष्टुरेण्टहरु चल्न पाउने छैनन् । स्थानीय प्रशासनबाट अनुमति लिएका बाहेकका कुनै पनि यात्रुबहाक सवारी साधन चल्न पाउने छैनन् ।

जिल्ला संकट ब्यवस्थापन केन्द्रले जिल्लाको कुनै पनि भू-भागमा संक्रमणको जोखिम देखा परेमा उक्त क्षेत्र वा जिल्ला भर निश्चित अवधिसम्मका लागि स्थानीय प्रशासनले तत्कालै रोक लगाउन प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २६ बैशाख शुक्रबार  ६ : १८ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण