२०८३, ९ भाद्र बुधबार

कोलातीमा कोरोना रोकथामका लागि माझी समुदायका युवाहरु सक्रिय

कोलातीमा कोरोना रोकथामका लागि माझी समुदायका युवाहरु सक्रिय


धुलिखेल, २४ बैशाखः आफ्नो ठाउँमा कोरोना भाइरस रोकथामका लागि भुम्लु गाउँपालिका वडा ६ कोलातीका युवाहरु सक्रिय भएका छन् । माझी समुदायका युवाहरुले आफ्ना क्षेत्रमा कोरोना भाइरस नियन्त्रणका लागि समुदाय केन्द्रित जनचेतना मुलक कार्यक्रम देखि स्वास्थ्य सामग्री हस्तान्तरणसम्मका काम गरेका हुन् ।

कोलाती युवा क्लब, आपघाटमा आबद्ध भएका युवाहरुले बुधबार पालिकाको वडा न.७ फलाटेका, वडा न.६ कोलाती र वडा नम्बर ५ मा रहेको स्वास्थ्य चौकीलाई १००/१०० थान माक्स, ७५/७५ थान साबुन, १२/१२ थान स्यानेटाइजर र २/२ थान पीपीई हस्तान्तण गरेका छन् । क्लब आबद्ध भएका सदस्यहरुसँग आर्थिक संकलन गरेर खरिद गरिएको स्वास्थ्य सामग्री पालिका प्रमुख गुमानध्वज कुवँर र उपाध्यक्ष कल्पना श्रेष्ठ मार्फत हस्तान्तरण गरिएको क्लब संयोजक सुनिल माझीले जानकारी दिए ।

गाउँमा चेतना जगाउन र स्वास्थ्य सामग्री हस्तान्तरण गर्न कोलाती युवा क्लबका सयोजक सुनिल माझी, युवा क्लबका अध्यक्ष ध्रुब माझी, उपाध्यक्ष सुरेन्द्र माझी, कोषाध्यक्ष कुल बहादुर माझी, सचिव युवराज माझी र बिकु माझी पुगेका थिए । युवाहरुले कोलाती वडा न. ६ सुनकोशीको किनारमा रहेको ५० घर धुरी माझी बस्तीमा कोरोना भाइरसबाट बच्ने उपायका बारे जानकारी गराएका थिए ।

आपघाट बेशिगाँउका हरेक घरघरमा पुगेर कोरोना भाइरसका लक्षण, यसबाट जोगिने उपाय बताएका क्लब अध्यक्ष ध्रुब माझीले जानकारी दिए । क्लबका युवाहरुले प्रत्येक घरका लागि साबुन र माक्स समेत वितरण गरेका छन् । ‘यो महाभारीको विषम परिस्थितिमा हामी जहाँ छौँ, जति सक्छौ त्यत्ति सहयोग गर्नुपर्छ भन्ने भावनाका साथी क्लबमा छलफल गरौँ, साथीहरु पनि सहमत हुनुभयो, संयोजक सुनिलले भने ‘हामी आफु आफै मिलेर थोरै स्वास्थ्य सामग्री हस्तारन्तण गरेका हौँ ।’

लकडाउनपछि माझी समुदाय निकै समस्यामा रहेको माझी युवाहरुको ठहर छ । अन्य सामान्य बेलामा समेत खाद्य संकट झेल्ने माझी समुदाय लकडाउन पछि थप समस्यामा परेको उनीहरुको बुझाइ छ । माझी समुदायमा बिहान बेलुका छाक टार्न अत्यन्तै गारो भएको कोलाती वडा न. ६ का वडा सदस्य लोक बहादुर माझीले जानकारी दिए । ती युवाहरुले आपघाट बेशिगाउँमा खानेपानीको समेत ब्यवस्था हुन नसकेको भन्दै वडा र गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । युवाहरुले भूकम्पले तहसनहस भएको घर अझै उठ्न नसकेको भन्दै सहजीकरण गरिदिन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ७ : ५९ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण