२०८३, १२ कार्तिक बिहीबार

काभ्रे प्रवेश गर्ने सबै नाका शिल ! निर्णय मात्रैकी कार्यान्वयन पनि ?

काभ्रे प्रवेश गर्ने सबै नाका शिल ! निर्णय मात्रैकी कार्यान्वयन पनि ?


धुलिखेल, २४ बैशाखः जिल्ला कमाण्ड पोष्ट काभ्रेले फेरी एक पटक जिल्ला प्रवेश गर्ने नाकाबाट आवतजावत बन्द गर्ने निर्णय गरेको छ । कमाण्ड पोष्टले काभ्रे जिल्लासँग सिमाना जोडिएका सबै नाकाबाट आवतजावत रोक्ने निर्णय गरेको हो । सिन्धुपाल्चोकसँग सिमाना जोडिएको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँकाको नाका बन्द हुनेछ । चौरीदेउरालीको रामेछापसँग पनि सिमाना जोडिएको छ ।

त्यस्तै भक्तपुरसँग जोडिएको बनेपा नगरपालिका, ललितपुरसँग जोडिएकोे खानीखोला र बेथानचोक गाउँपालिकाको पनि नाकाबाट आवतजावत गर्न पाइने छैन् । रामेछापसँग सिमाना जोडिएको तेमाल र रोशी गाउँपालिकाको नाका पनि बन्द हुनेछ ।

सिन्धुली र मकवानपुरसँग नाका जोडिएको महाभारत गाउँपालिकाबाट पनि आवतजावत गर्न नपाइने निर्णयमा उल्लेख छ । कमाण्ड पोष्टले जिल्लाको १३ वटै स्थानीय तहको वडा र वस्तीस्तरसम्म निगरानी समूह गठन गरेर लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

कमाण्ड पोष्टले यसअघि पनि लकडाउन पछि थुप्रै निर्णय गरेको छ । तर कार्यान्वयनमा भने आएको छैन । जिल्लामा कमाण्ड पोष्टले निर्णयका लागि निर्णय मात्रै गर्ने गरेको टिप्पणी हुन थालेको छ । किन कि लकडाउन प्रभावकारी बनाउने भन्ने अनि सवारी पास दिइने काम कमाण्ड पोष्टका संयोजक प्रमुख जिल्ला अधिकारीबाटै भइरहेको छ ।

अरनिको र बीपी राजमार्गको अवस्था हेर्दा लाग्छ । लकडाउन सार्वजनिक सवारी साधनका लागि मात्रै कायम छ । निजी गाडी र टिपर निर्वाध रुपमा चलिरहेका छन् । एकातिर निर्णय गरेर नाका बन्द गर्ने अर्को तिर सवारी पास दिने गर्दा लकडाउनका पालना गर्ने नागरिक भने अचम्मित भएका छन् ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ६ : ३८ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता